AnonymousUser

Logout

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू, एउटाले बढाउँदा अधिकांशले घटाए

वाणिज्य बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।

उत्तराखण्डको सुरुङमा फसेका ४० कामदारको कसरी हुँदै छ उद्धार?

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४० जना कामदारको बचाउ कार्य जारी छ। शुक्रबार अपराह्नसम्म उद्धारका लागि आवश्यक पर्ने ६० मिटरमध्ये ३६ मिटर पाइप बिछ्याउन बाँकी रहेको सरकारी अधिकारीको भनाइ।

टिकटक बन्द गर्ने निर्णयविरुद्ध १० रिट, सोमबारलाई तोकियो पेसी

नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च प्रशासनले रिटको सुनुवाइ मंसिर ४ गतेलाई तोकेको छ।

केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा ल्याउने प्रधानमन्त्रीको दाबी

तीनचार दिनदेखि प्रहरी र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउँदै प्रधानमन्त्री दाहालले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे।

भूकम्प प्रभावित क्षेत्रमा चिसोले दुई जनाको मृत्यु

जाजरकोटमा त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रजिअ सुरेश सुनारले बताए।

उर्लाबारी आगलागीका ६ घाइतेको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट चिकित्सक बोलाइँदै

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए।

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ: प्रधानमन्त्री

परिवर्तनको रक्षा र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरेका छन्।

छठका लागि जनकपुरमा भारतबाट ४ करोडको केरा आयात

छठमा सिंगै केराको घरी भगवान्‌लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च र नेपालमा उत्पादन कम हुँदा हरेक वर्ष भारतबाट आयात गर्नुपरेको व्यावसायी बताउँछन्।

तारजाली नै तोडेर बँदेलले बाली सखाप, किसानले बाँझो छाड्न थाले खेतबारी (भिडियोसहित)

काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।

छठको रौनक: पूजाको सामग्री बनाउन व्यस्त छन् डोम समुदाय

छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू यस पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्।

झोलुंगे पुलका सामान चोरी, सरोकारवाला बेखबर

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।

विद्युत् आयोजनाको लापरबाही: भुइँमा लत्रिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

उपत्यकामा दशैँयता २६६ वटा सवारी दुर्घटना, ७ जनाको मृत्यु, ३३० घाइते

कात्तिक ११ गतेयता सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३,  भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

विश्वकप क्रिकेट– २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ।

भूकम्प प्रभावितका लागि ईयूले २८ करोड ८० लाख सहयोग गर्ने

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।

आगलागीमा परी घाइते भएकाको उपचारमा सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याई

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।