AnonymousUser

Logout

चार महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च हुँदा पुँजीगततर्फ ९.९३ प्रतिशत

चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ।

कोप–२८ मा सहयोगको याचना नगरी अधिकारका कुरा राख्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर १४ देखि २६ गतेसम्म दुबईमा आयोजना हुने कोप–२८ सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकतासाथ उठाइने बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्री संविधान सिध्याउने काममा लागेको ओलीको आरोप

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल दुवै संविधानअनुसार नचलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई बैतडी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

जाजरकोट भूकम्प : त्रिपालमा आश्रित प्रभावितमा देखिँदै स्वास्थ्य समस्या

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको र पोसिलो खानेकुराको पनि कमी रहेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्।

छठपूजाका लागि वीरगन्जको घडीअर्वा पोखरीमा छठघाट तयार

पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।

दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३८ जना घाइते

राजधानी सोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको छ।

विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री: रिहाइका लागि पहल गरिदिन आग्रह

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।

नेपालको पहिलो जित, जापान ४६ रनमा समेटियो

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट भने बाहिरिइसकेको छ।

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

नेपालको महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ। 

धनगढीस्थित खाद्य संस्थानको भवनमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए। 

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

कोशी टप्पुमा बर्सेनि नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षझैँ झुन्डमा आउने चराको संख्यामा भने कमी आएको छ। जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्।

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भानुभक्तको जन्मघर जलेको २० वर्ष बित्यो, अझै भएन पुनर्निर्माण

राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन। घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्य बताउँछन्।

माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : अग्नि सापकोटा 

माओवादी केन्द्रविरुद्धको घेरबन्दी चिर्न नैतिकतामा अडिएर पार्टीपंक्तिले मिहिनेत र परिश्रम गर्नुपर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।

जाजरकोट भूकम्प: ३५ स्वास्थ्य संस्था, २०८ विद्यालयमा क्षति

स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।दशैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ।

सदन एकअर्कालाई गाली गर्ने थलोमा परिणत भएको सांसद भण्डारीको टिप्पणी

कांग्रेस सांसद डा. चन्द्र भण्डारी संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानूनहरू बनाउने कामले पूर्णता पाउन नसकेको बताउँछन्।

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी छन्।

टिकटकमाथि प्रतिबन्धको असर ‘भर्चुअल’ व्यापारमा

टिकटकका माध्यमबाट चलेको व्यापारले आत्मनिर्भर भई रोजगारी पनि दिइरहेकाहरू सरकारले संवेदनशीलता नदेखाएको गुनासो गर्छन्। तर यस्ता माध्यमबाट मात्र चलाइएका व्यवसाय करको दायरामा नआएको सरकारी अधिकारी बताउँछन्।

सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिप मंसिर तेस्रो सातादेखि

नेपाल कराते महासंघले आयोजना गर्ने सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा दक्षिण एशियाका ६ राष्ट्रको सहभागिता रहने छ।