AnonymousUser

Logout

कृषि पेसामा संलग्न महिलामध्ये ३४.४ प्रतिशतको स्वामित्वमा मात्रै जग्गा

प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबैभन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेशमा रहेको छ।

बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु 

बाजुराको हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको बोलेरो जिप धुलाचौर बजारनजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

टी२० विश्वकपका २० देशको टुंगो लाग्यो, अफ्रिकाबाट युगान्डा र नामिबिया छनोट

नामिबियामा जारी अफ्रिका छनोटअन्तर्गत बिहीबार युगान्डाले रुवान्डाविरुद्ध जित हात पारेसँगै सहभागी २० वटै टोलीको टुंगो लागेको हो।

नेप्से दोहोरो अंकले घटेर १८५८.५३ को बिन्दुमा सीमित

विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ।

काठमाडौँमा 'बलात्कृत' नाबालिगमाथि अभिभावकबाटै यातना

घटना कमजोर बनाउन पीडितका अभिभावकले नै पीडकका आफन्तबाट ५० हजार रुपैयाँ बुझेको र बालिकालाई यातना दिई कोठामा थुनेको सूचना पाएपछि प्रहरीले बालिकासँगै अभिभावकलाई पनि झिकाएको थियो।

दिगो विकास समितिले भूकम्प प्रभावितको व्यवस्थापनबारे गृहमन्त्रीसँग लियो जानकारी

दिगो विकास तथा सुशासन समितिले भूकम्प प्रभावितहरूको उद्धार, राहत र अस्थायी आवासको व्यवस्थापनलगायत विषयमा गृह मन्त्रालयले गरिरहेका कामबारे गृहमन्त्री श्रेष्ठसँग प्रगति विवरण लिएको छ।

विपिनको बिनाशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग संसदीय समितिको आग्रह

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।

ओमानमा अलपत्र नेपाली युवतीको उद्धार

उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।

जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ

प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेर भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ थालिएको बताए।

कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती: ४ दिन धाउँदा पनि बनेन नागरिकता 

१० जनाको दरबन्दी रहे पनि हाल तीन जना मात्रै रहेकाले सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङले जनाएको छ।

महिलाप्रति दुर्गा प्रसाईंको असंवेदनशील टिप्पणीः समर्थकको बारम्बार ताली, हुँदैन कारबाही

राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।

पालमुनि बस्दै आएकी बालिकाको कठ्यांग्रिएर मृत्यु

कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

भारत मणिपुरको विद्रोही समूहले हतियार बिसायो, सरकारसँग शान्ति सम्झौता

भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्।

आर्मी केपी ओली कपको उपाधिनजिक

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। 

लगातार उकालो लागेको सुनको मूल्य बिहीबार स्थिर 

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम छ। यो बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।

विश्वविख्यात कूटनीतिज्ञ किसिन्जरको १०० वर्षको उमेरमा निधन

किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

एमालेले शुरू गर्‍यो ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’

एमाले अध्यक्ष केपी शर्मा ओलीले  बिहीबार बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गरेका छन्। 

कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

उखु उत्पादन गरेर नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको छ। तर, कञ्चनपुरका किसानले गत वर्षको अनुदान नै पाएका छैनन्।

रियल मड्रिडसँग नापोली पराजित, लेन्सको पोस्टमा आर्सनलको ६ गोल

बुधबार राति रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा नापोली ४–२ ले पराजित भएको छ।

गुगलले युरोपमा खोल्यो अत्याधुनिक साइबर सुरक्षा केन्द्र

म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।