किसान मना भट्टराईले चिसो मौसम शुरू भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन्।
झापाको हल्दिबारीस्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको जंगली हात्तीले कुल्चेर मृत्यु भएको छ।
आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मंसिर २४–२९ गतेसम्म राजनीतिक दल दर्ताका लागि समय तोकिएको छ।
बढ्दो आयात र घट्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ।
क्षमता नभएका विदेशी परामर्शदाता र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भर परेर उनीहरूमार्फत योजना बनाएर लक्ष्य तय गर्दा हामी चुकिरहेका छौँ।
दियाला प्रान्तले सन् २००३ पछिका वर्षमा कुर्दिश, सुन्नी र सिया समुदायबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ।
जाजरकोटमा ३४ हजार ४९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। तीसमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।
चन्द्रनगर गाउँपालिकाको गाउँसभा नहुँदा शिक्षक एवं कर्माचारीको तलब चार महिनादेखि रोकिएको छ। शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन्।
पदमार्गका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि देख्न सकिन्छ।
आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिका कारण यस्ता अवैध कारोबारमा वृद्धि भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ।
नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ।
प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे यूएईका व्यवसायीहरूलाई जानकारी गराएका थिए।
देशभर नै तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेवानि र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको प्रतिवेदन आएको बताएका छन्।
आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए।
पार्टीको विधानमा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने भनिएको छ। तर बुधबार सकिएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले त्यो प्रावधान मिचेर विधान संशोधन नगरिकनै १५ सदस्यीय पुर्याएको हो।
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरेको छ।
केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको छ।