हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरी प्रथम भएकी थिइन्।
एभर्टनले चेल्सीलाई २–० तथा म्यानचेस्टर सिटीले घरेलु टोली लुटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पोखरामा कारको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गर्न गठित शर्मा संयोजकत्वको समितिले काम थालेको छ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याउने बताएका छन्।
जारी प्रतियोगितामा अपराजित रहेको ललितपुरको यो दोस्रो जित हो। तीन खेलपछि जित हात पारेको ललितपुरको ९ अंक छ।
अपारदर्शी शेयर कारोबार एनसेलको विगतदेखिकै प्रवृत्तिको निरन्तरता हो। करछलीको मनसायले अवास्तविक मूल्यमा शेयर किनबेच गर्दै उसले अहिले पनि कानूनी शासनलाई चुनौती दिएको देखिन्छ।
अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभर खेलेर १८८ रन मात्रै बनाउन सक्यो।
अमेरिकाको ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो।
नाबालिगलाई ४५ वर्षीय हिमाल शाहीले ‘जबरजस्ती करणी’ गरेको आरोपसहित जाहेरी दर्ता भएपछि प्रहरीले शुरू गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।
असुरक्षित महसुस गर्दै सँधियार अदालतसम्म पुगेका बेला काठमाडौँ महानगरपालिका–२ को वडा कार्यालयले प्रक्रिया मिचेर अरुण–शिला चौधरीका लागि लाजिम्पाटमा बन्न लागेको बंगलाको नक्सा पास अनुमति दिएको छ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि मंसिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ।
देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्याउन निकै गाह्रो हुने गरेको किसानको भनाइ छ।
एमाले अध्यक्ष ओलीले बैंकहरूलाई कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन, अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समय म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरेका छन्।
पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको औँल्याउँछन्, मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा पुष्पराज आचार्य।
कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।
जम्सिद जद्रानको शतकप्रेरित अफगानिस्तानले एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
नेप्से परिसूचकमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको छ।