उनको कलेजो र एउटा मिर्गौला दुई गम्भीर बिरामी बच्चाहरूमा प्रत्यारोपण गरिएको छ। मुटुको भल्भ, दोस्रो मिर्गौला र आँखा विभिन्न अस्पतालहरूमा पुर्याइएका छन्।
भारतको केरलाकी एक १० महिनाकी बालिकाको अंगदानबाट पाँच जनाको ज्यान जोगिने भएको छ।
कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी आलिन शेरिन अब्राहमको अंगदानको यतिबेला भारतभर चर्चा भएको छ। बीबीसी हिन्दीका अनुसार डाक्टरले बालिकालाई 'ब्रेन डेड' घोषित गरेपछि उनका बुबा अरुण अब्राहमले यस्तो निर्णय लिए। जसले पाँच वटा परिवारमा आशाको किरण छायो। आलिन केरलाकी सबैभन्दा कान्छी अंगदाता बनिन्।
उनको कलेजो र एउटा मिर्गौला दुई गम्भीर बिरामी बच्चाहरूमा प्रत्यारोपण गरिएको छ। जबकि उनको मुटुको भल्भ, दोस्रो मिर्गौला र आँखा तिरुवनन्तपुरम र कोच्चिका तीन अस्पतालहरूमा पुर्याइएका छन्। जहाँ अंगदानको पालो पर्खेर बसेकाहरूलाई प्रदान गरिनेछ।
"डाक्टरहरूले हामीलाई उहाँको ब्रेन डेड भएको बताएपछि हामी निराश भयौं," ३३ वर्षीय अब्राहमले भने, "यो एउटा गाह्रो निर्णय थियो, तर मैले मेरी श्रीमती शेरिन एन जोनलाई सोधें र उनी तुरुन्तै सहमत भइन्। मेरी श्रीमतीले अरूको जीवन बचाउन हामीले छोरीको अंगदान गर्नुपर्छ भनिन्।"
अब्राहमले पनि कलेज समयमै अंगदानको महत्त्व बुझेका थिए। सन् २०१३ मा, किड्नी फाउन्डेसनका फादर डेभिसले कलेजमा अंगदानको बारेमा गरेको चर्चाले पनि उनलाई प्रेरणा मिल्यो। उनले भने, "म त्यतिबेला बीकम पढिरहेको थिएँ। त्यो दिन, मैले यदि मलाई केही भयो भने म मेरा सबै अंगहरू दान गर्नेछु भनेर प्रतिज्ञा गरेँ।"
तिरुवनन्तपुरमस्थित श्री चित्र तिरुनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड टेक्नोलोजीका न्यूरोसर्जरीका प्राध्यापक डा. ईश्वर एचभीले भने, "मृतक दाताहरूबाट अंगदान र प्रत्यारोपणको लागि यो ठूलो प्रोत्साहन हो। आलिनले देशमा अंग प्रत्यारोपणको धारणा परिवर्तन गरेकी छन्।"

गत फेब्रुअरी ५ मा आलिन आफ्नी आमा र हजुरबा हजुरआमासँग कारमा यात्रा गरिरहेकी थिइन्, त्यहीबेला उनीहरूलाई आउँदै गरेको कारले ठक्कर दियो। कारमा सवार अरुलाई सामान्य चोटपटक लाग्यो। दुर्घटनामा आलिनको शरीरको बाहिरी भागमा चोटपटक नभए पनि भित्रीभागमा भने गम्भीर चोट पुग्यो। तुरुन्तै अस्पताल पुर्याइयो।
कोच्चिको अमृता इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डाक्टरहरूको प्रयासका बाबजुद पनि उनको ज्यान बचाउन सकिएन र फेब्रुअरी ६ मा उनलाई ब्रेन डेड घोषित गरियो। त्यही दिन उनका आमाबाबुले अंगदानको लागि सहमति फाराममा हस्ताक्षर गरे।
उनका दुवै मिर्गौला तिरुवनन्तपुरम मेडिकल कलेज अस्पताल पठाइएको थियो। मुटुको भल्भ र कलेजो तिरुवनन्तपुरमका विभिन्न अस्पतालहरूमा पठाइएको थियो। आँखाहरू कोच्चिस्थित अमृता इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा रहेको आँखा बैंकलाई हस्तान्तरण गरिएको थियो।
पहिलो लाभार्थी ६ महिनाकी ध्रिया थिइन्, जसको कलेजो फेल भएको थियो। अहिले ध्रियाको अवस्था स्थिर रहेको रिपोर्ट गरिएको छ। उनका बुवा मजदुरी गर्छन्। आलिनको एउटा मिर्गौला तिरुवनन्तपुरम सरकारी मेडिकल कलेज अस्पतालमा १० वर्षीय बालकमा प्रत्यारोपण गरिएको थियो।
डा ईश्वरका अनुसार बालबालिकालाई मस्तिष्क मृत घोषणा गर्नु वयस्कहरूको भन्दा बढी जटिल हुन्छ। वयस्कहरूको हकमा, छ घण्टा भित्र निर्णय गर्न सकिन्छ। डा ईश्वरले भने, "एक वर्ष मुनिको बच्चालाई मस्तिष्क मृत घोषणा गर्न लगभग १२ घण्टा लाग्छ। यदि बच्चा एक महिनाको छ भने, लगभग २४ घण्टा लाग्छ।"
समाजका विभिन्न वर्गबाट आलिनप्रति श्रद्धाञ्जली व्यक्त गरिएपछि, केरला सरकारले उनको राजकीय अन्त्येष्टिको आदेश दियो।
आइतबार उनको गृहनगर पठानमथिट्टास्थित सीएसआई चिहानमा उनको अन्त्येष्टि गरिएको थियो। धेरै मन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गरे। मन्त्री वीएस वासवनले अब्राहमको परिवारको निर्णयले मानवताको उदाहरण प्रस्तुत गरेको बताए।
यो घटना एक परिवारको दुःखलाई समाजको लागि आशाको किरणमा बदल्ने उदाहरण पनि हो। अझै पनि अंगदान गर्नुलाई कतिपयले धर्मसंस्कृतिको विरुद्ध मान्ने गर्छन्। नेपालमा पनि त्यस्तो सोच भएकाहरूलाई यस घटनाले प्रेरणा मिल्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
