AnonymousUser

Logout

अमेरिकी अदालतले भन्यो– भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानूनी

ट्रम्पले आपत्कालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको अदालतले स्पष्ट पारेको हो।

वर्षाले देशभरका ९ राजमार्ग अवरुद्ध

तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिनको निधन

नगरप्रमुख सजरुद्दिन मुसलमानको शनिबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको हो।

दैजी जोगबुढा सडक: ८ वर्षमा ५ किमी कालोपत्र

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीनतर्फ

सन् २००१ मा स्थापना गरिएको एससीओ संगठन विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ।

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बन्यो बागमती गाउँपालिका

श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ।

स्याफ्रुबेँसी–टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

गत असारमा ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी–रसुवागढी खण्ड आजदेखि सञ्चालनमा आएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

मन्त्री अधिकारीले यो विधेयक भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ल्याइएको बताए।

अध्यागमनको जिम्मा प्रहरीलाई!

भिजिट भिसा प्रकरणबाट छताछुल्ल संगठित मानवतस्करी र त्यसले देशकै छविमा पुर्याइरहेको क्षति रोक्न पहिल्याइएको विकल्प हो– प्रहरीलाई अध्यागमनको जिम्मेवारी। डेढ दशकदेखि चलिरहेको यो प्रयास अब टुंगोमा पुग्ला?

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

कम्बोडियाका सिनेट अध्यक्षसँगको फोन कल 'लिक' नैतिकता र संवैधानिक नियम उल्लंघन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ।

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री

गत बैशाखमा भएको एकता महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो। सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो।

‘टी ट्वान्टी’ शृंखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृंखलामा पहिलो जित दर्ता गराएको हो।

वीरगन्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक  र उपकरण परिचालन गरिनेछः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

तोलामा २ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको छ।

अछाममा छाउगोठमा सुतेका २ जनाको मृत्यु, १ घाइते

घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।

जडीबुटीमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।