AnonymousUser

Logout

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

छविसपाथिभेरा गाउँपालिकाको पतालचौर केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु, २७ घाइते

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जनकारी दिए। 

काजल बनिन् अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन्।

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

डा. नीराजन श्रेष्ठ भन्छन्, ‘हरेक साता एक/दुई जना बिरामी देउता लागेको कुरा लिएर आउँछन्। कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्।’

राप्रपाले कोशीमा सभामुख लिएपछि उत्पन्न मतभेदबारे केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय लिने

राप्रपा अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको र यसबारेमा केन्द्रीय कार्यसमिति बैठकपछि उचित निर्णय लिने बताए।

लक्ष्य चिन्न चुकेको क्यान: प्राथमिकतामा टी२० क्रिकेट, कहिले बन्ने टेस्ट राष्ट्र?

नेपालको ओडीआई मान्यताको भविष्य आगामी तीन वर्षसम्म हुने क्रिकेट विश्वकप लिग–२ ले निर्धारण गर्नेछ। त्यसमाथि टेस्ट मान्यता पाउने चुनौती छँदैछ। तर क्यानले यो लक्ष्य बिर्सिएर वार्षिक क्यालेन्डर बनाएको छ।

प्रदेशलाई अधिकार दिने गरी तत्काल कानून बनाउन ३ दलका शीर्ष नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरूलाई संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका छन्।

‘युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो’

भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे। अहिले घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखेका छन्।

माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

सञ्चारमन्त्री रेखा शर्माले संसद् अधिवेशन माघ तेस्रो साताबाट शुरू हुने जनाउँदै त्यहाँ पेस गर्ने गरी चलचित्रसम्बन्धी ऐन तयार पारिरहेको बताइन्।

बागलुङमा फल्यो २० करोडको सुन्तला

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको किसान शिवकुमार खड्का बताउँछन्। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन्।

माघ १ देखि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ।

समाचार प्रभाव: गृहले अघि बढायो भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे खारेजी प्रक्रिया

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, श्रमसचिव, अध्यागमन विभागका महानिर्देशकसहितको बैठकमा १७बुँदे निर्देशनलाई खारेज गर्न र नयाँ मापदण्डका आधार पेस गर्न निर्देशन दिएका छन्।

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पेश हुन्छ: सञ्चारमन्त्री

महिला चलचित्रकर्मीले भोग्नुपरेका समस्या पनि पृथक् भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेश गर्न मन्त्री शर्माको आग्रह छ। 

उद्योगमा काटिएको विद्युत् जडान गर्ने प्राधिकरणको निर्णय

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको छ।

रोप्नेको माया र मलजल नपाएर सुक्दैछन् बिरुवा (तस्वीर–कथा)

काठमाडौँ महानगरपालिकाले शहरमा हरियाली बढाउन रोपेका बिरुवा स्याहारसुसार नपाएर मर्न थालेका छन्।

व्यावसायिक मौरीपालनमा रोङका किसान, ‘हनी बैंक’ स्थापनाको तयारी

इलामको रोङ गाउँपालिकाका करिब ९०० किसान मौरीपालनमा आबद्ध छन्। ‘हनी बैंक’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा स्थानीयको आकर्षण बढेको पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निजामतीमा आरक्षण माग्दै रिट दर्ता

मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

पशुपालक घटेपछि उराठ बने खर्क, परम्परागत पेसा नै धरापमा

बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन हो। युवा विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पेसा धान्दै आएका छन्। हरेक वर्ष पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ।

नेपालसँग नामिबिया ६ रनले पराजित

नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रनको योगदान दिए। उनी २२ बलमा नटआउट रहे। आकाश त्रिपाठीले ३३ बलमा २१ रन बनाए। 

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।