माथिल्लो मूलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो।
लगानीकर्तालाई सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको ऊर्जामन्त्री बस्नेतको दाबी छ।
भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्क्याएर १५ लाख मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिबापत सरकारले किसानलाई राहत दिनुपर्ने व्यवस्था छ।
भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो। अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ।
पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डाको राजधानी कम्पालामा हुँदैछ। नेपाल यसको संस्थापक सदस्य हो।
शहरी जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।
उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट मात्रै ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ।
विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक तथा आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पनि नियुक्त गरेको छ।
पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।
कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा समेटियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख तथा उत्कृष्ट गोलरक्षक, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्दै शिक्षाविद्हरूले संशोधन मात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन्।
तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।
खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।
उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको प्रहरीले जनाएको छ।
जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।