AnonymousUser

Logout

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।

एशियन कपमा भारतको लगातार दोस्रो हार

जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। भारत भने अंकविहीन छ।

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोरोनाको बेला घर फर्किएका नेपालीलाई तलब लिन बोलायो साउदीको कम्पनीले 

कोरोनाको बेला घर फर्किएका ८ जना नेपाली श्रमिकलाई त्यहाँको 'साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी'ले तलब लिनको लागि सम्पर्क गर्न भनेको हो।

जापानद्वारा अमेरिकाबाट लामो दुरीका ४०० क्षेप्यास्त्र खरिद सम्झौता

क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि जापानले क्षेप्यास्त्र खरिद गर्न थालेको हो।

एमडीएमएस र टेरामक्सको औचित्यबारे स्पष्ट दृष्टिकोण पेस गर्न समितिको निर्देशन

समितिले एमडीएमएस र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।

रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उनले रुस जान ७ लाख ३० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेका प्रहरीले जनाएको छ।

प्रधानमन्त्री कप: सुदूरपश्चिमको लगातार तेस्रो जित

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो।

नेपालीको नयाँ रोजगार ‘हब’ बन्नथालेको युरोपः अघिअघि ठगीको जालो

अहिलेसम्म सरकारले युरोपका ४० देशलाई वैदेशिक रोजगारका लागि खुला गर्दा ३ देशसँग मात्र श्रम सम्झौता छ। परिणाम जान खोज्ने ठगिने र गएका समस्यामा पर्ने भइरहेको छ। कसरी ठगिन्छन् ‘युरोप सपना’ बोकेकाहरू?

राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राखेर शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाबारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नुपर्ने कदमहरूबारे छलफल भएको छ।

भीड नियन्त्रणमा हतियारको प्रयोगबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार अदालतले लिखित जवाफ माग गरेको हो।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर भारतमा लगेर १० हजार भारुमा बेचेका थिए।

साफ यू–१९ महिला च्याम्पियनसिप: अनुभवी खेलाडीलाई दोहोर्‍याउँदै नेपाली टोली घोषणा

टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्।

उत्तर–दक्षिण राजमार्गको काम सरकारको प्राथमिकतामा

यी राजमार्गले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकतामा राखिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

एपीएफविरुद्ध मधेशको पहिलो जित

बिहीबार सम्पन्न खेलमा मधेशले एपीएफलाई ५ विकेटले पराजित गरेको हो। 

लगातार दोस्रो दिन ओराल्यो लाग्यो शेयर बजार

बुधबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार ७.२४ अंकले घटेको छ।

मौसमी कामदार कोरिया पठाउने सम्झौताः स्थानीय र संघ सरकारबीच किचलो 

मौसमी कामदार कोरिया पठाउन दक्षिण कोरियाको कम्पनीसँग स्थानीय तहले सम्झौता गरेपछि स्थानीय र संघीय सरकारबीच अधिकार क्षेत्रको विषयमा द्वन्द्व देखिएको छ। 

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।

पाकिस्तानले गर्‍यो इरानमाथि जवाफी हमला, दुई देशबीच तनाव बढ्नुको यस्तो छ कारण

इरानले पाकिस्तानमा मंगलबार राति त्यहाँको विद्रोही समूह जैश अल–अदलविरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।

माघ तेस्रो सातादेखि उत्पादन शुरू गर्ने हेटौँडा सिमेन्टको योजना

उद्योगलाई नियमित उत्पादन शुरू गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्छ। अहिले उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला छ।