AnonymousUser

Logout

कर्णालीका निजामती कर्मचारीलाई ७/७ दिन विवाह र पर्यटन बिदा

नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।

झन्डै ३ हजारलाई शहीद घोषणा गर्दै छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।

प्रयोगमा आएन कालीकोटमा निर्मित नमूना बस्ती

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।

देशको समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। 

प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ। 

इलाममा बढे पर्यटक, ६ महिनामा ८५ हजार जना भित्रिए

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।

गगन थापाले झापाबाट थाले ‘संवाद यात्रा’

जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।

काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानी गर्न कठिनाइ

वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न सक्दैनन्। यसले किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।

काठमाडौँ महानगरमा कटन क्यान्डी बिक्री गरे २ लाखसम्म जरिबाना

नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ। 

केराको थामबाट रेसा, कपडा र कार्पेट बनाउन प्रयोग गरिने

खेर गइरहेको केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ।

एयरबसले भारतमा हेलिकप्टर ‘एसेम्बली लाइन’ खोल्ने

दुई वर्षभित्र सञ्चालनमा आउने एसेम्बली लाइनले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकलाई एसेम्बल र परीक्षण गर्ने र भारत तथा छिमेकी मुलुकमा ग्राहकलाई हेलिकप्टर प्रदान गर्नेछ। 

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीको उच्च पहाडमा हिमपातको सम्भावना

देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

विमानस्थल घटनाबारे छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।

फरार नगरप्रमुखलाई खोज्न ‘रेड नोटिस’ जारी

नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० सेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

यू१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा नेपाल

नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुगेको छ।

मोरङमा भेटिएको हिउँचितुवालाई उपचारपछि वासस्थानमै छोडिने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हिउँचितुवा मोरङको उर्लाबारीसम्म कसरी आइपुग्यो भन्ने विषयमा सीआईबी लगायतका निकायको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ।

‘ग्याङ्स अफ वीरगन्ज’ मा बदलाको हतियार बनेको ‘नागरिकता काण्ड’

वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका पुराना प्रतिद्वन्द्वी मोहम्मद सहाबुद्दिनबीच दशकौँदेखि चलेको बदलाबाजीले पल्टा खाएको छ। पहिले सहाबुद्दिन र अहिले सिंहलाई तनाव दिने ‘नागरिकता काण्ड’को नालीबेली:

गाजामा ‘नरसंहार’ रोक्न इजरायललाई अन्तर्राष्ट्रिय अदालतको आदेश

अन्तर्राष्ट्रिय अदालतले नरसंहारको मुद्दाबाट बाहिर नहट्ने जनाएको छ।

क्लोपले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्।