सरकारले हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।
औद्योगिक क्षेत्रमा दैनिक १० घण्टासम्म लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले औपचारिक तालिका सार्वजनिक नगर्दा ठूलो क्षति बेहोर्नु परिरहेको उद्योगीहरूको गुनासो छ। किन लोडसेडिङको औपचारिक घोषणा हुँदैन?
शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि काठमाडौँ महानगरका मेयर बालेन शाहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ।
नक्कली नोट कारोबारी भिडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली नोट प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
बेगनास तालमा मोटरबोट सञ्चालन रोक्न उच्च अदालत पोखराले आदेश दिएको छ।
नेपालले पाहुना टोली क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ तोकिएकै समयभित्र निर्माणाधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताउँछन्।
अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।
श्रीराम स्कुलको बसले ठक्कर दिँदा साइकल यात्री भारत मधुवनीका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो।
दीपेन्द्रको यो दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग हो। यसअघि उनले क्यानडामा भएको क्यानडा ग्लोबल टी२० लिग खेलेका थिए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।
सडकमार्गबाट पोखरा पुग्नै सकस छ। पोखराभित्रका सडक पनि खनेर बेहाल छन्। ट्राफिक लाइट बल्दैनन्। बेलाबेला फोहोरको डंगुर लाग्छ। सवारी पार्किङको समस्या उस्तै छ। के पोखराले सुन्दरता र मौलिकता गुमाएको हो?
निर्वाचनको दिन पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
दोस्रो सेमिफाइनलमा कतार इरानलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको छ। अब उपाधि रक्षाका लागि कतारले जोर्डनको सामना गर्नेछ।
सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको महासचिव गुटेरेसले बताएका छन्।
प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ।
कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।