AnonymousUser

Logout

खनिज पदार्थ उत्खनन गर्न १५६ खानीलाई अनुमति

विभागका अनुसार हालसम्म देशभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी उत्खनन गर्नका लागि १५६ खानीलाई स्वीकृति प्रदान गरिएको हो।

त्रिभुवन विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धनमा कूटनीतिक पहल आवश्यक: प्रधानमन्त्री

आफूले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ।

रुसी सेनाबाट भागेर घर फर्किँदै गर्दा ३ नेपाली मस्को विमानस्थलबाटै ‘पक्राउ’ 

युक्रेनी भूमिमा भिडन्तमा पर्दै आएका ललितपुरका सजन लोप्चन तामाङ, गोरखाका मदन कुमाल र झापाका सुरेन तामाङ मस्को विमानस्थलबाटै ‘पक्राउ’ परेका छन्। उनीहरू बुधबार एयर अरेबियाको उडानबाट घर फर्किँदै थिए।

रुसी सेनामा नेपाली: १४० जनाले दिए उद्धारका लागि आवेदन

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ। पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।

एसीसी महिला प्रिमियर कप: नेपालसँग हङकङ ८ विकेटले पराजित 

९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। 

क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, टोलीमा ३ परिवर्तन

आकाश चन्दले सिनियर टोलीबाट डेब्यु गरेका छन्। अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन्। 

हङकङले नेपाललाई दियो ९४ रनको लक्ष्य 

मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको छ।

दरवाङ–धारापानी सडक स्तरोन्नति, छोटियो यात्रा

दरवाङदेखि धारापानी पुग्न गाडीमा ४५ मिनेट लाग्ने गरेको थियो। सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि–७ धारापानीका रिमप्रकाश थापाले बताए।

रौतहटबाट काठमाडौँ गइरहेको बस दुर्घटना: २० जना घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

‘सडक व्यापारलाई तीनै तहका सरकारले कानूनी रूपमा व्यवस्थित गर्नुपर्छ’

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताउँछन्।

रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गर्न सरकार गम्भीर बन्नुपर्छ : माधव नेपाल

अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

नक्सापास र अनुमतिबिनै धमाधम निर्माण हुँदैछ चौधरी ग्रुप संलग्न समिट अपार्टमेन्ट

अपार्टमेन्टमा जोडिएको शक्तिशाली व्यापारिक घरानालाई कानूनी कारबाही गर्न नसकेको भन्दै महानगरप्रति बखुण्डोलवासी आक्रोशित छन्। अवैध निर्माण जारी रहँदा पनि महानगरले जानाजान नजरअन्दाज गरेको उनीहरूको आरोप छ।

कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री र २ राज्यमन्त्री

कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।

पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने माओवादी नेताहरूको जोड

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएको बताए। 

अर्थविद् भन्छन्– विदेशी लगानी भित्र्याउन नसक्दा आन्तरिक ऋणमा भार पर्‍यो

अर्थविद्हरूले सरकार विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनामा परिचालन गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

‘विकास साझेदारका कार्यक्रमहरूको पुनर्संरचना हुनुपर्छ’

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ विश्व बैंक लगायतका विकास साझेदारका सफल नभएका कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउँछन्।

रुपन्देहीमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट हुने, एलबी, कलाम र पारसले कप्तानी गर्ने

रुपन्देहीको तिलोत्तमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता टी१० फर्म्याटमा आयोजना हुनेछ।

कोशीको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउने सहमति

सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो।