AnonymousUser

Logout

नेपाल र कतारबीचको श्रम सम्झौतामा परिमार्जन तथा साउदीसँग नयाँ सम्झौता हुने

यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम मन्त्री शरतसिंह भण्डारी नेतृत्वको टोलीले साउदी र कतारका समकक्षीसँग गरेको छुुट्टाछुट्टै छलफलमा यस्तो प्रस्ताव गरिएको हो।

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो यू१९ विश्वकपको उपाधि

अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा जम्मा १७४ रनमा अलआउट भयो।

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

बैंकिङ कसुरमा ९ करोड जरिबाना तोकिएका व्यक्ति पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख ६ हजार ३७८ जरिबाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

एन्फा कार्यसमिति बैठकमा ११ अजेन्डा थप्न केन्द्रीय सदस्य चन्दको माग

एन्फाका केन्द्रीय सदस्य रवीन्द्र चन्द ठकुरीले फागुन ३ गते बस्ने कार्यसमिति बैठकमा थप ११ अजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्।

भ्रष्टाचार आरोप लागेका सचिव मरासिनी साधारण तारेखमा रिहा

अख्तियारले बहालवाला सचिव मरासिनीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

म्यानमारमा बन्धक रहेका १३ नेपाली मुक्त, घरफिर्तीको पहल जारी

म्यानमारमा विद्रोही पकडको द्वन्द्वग्रस्त क्षेत्रमा चिनियाँहरूले चलाउँदै आएको अनलाइन धन्दामा झुक्याएर नेपालीलाई पुर्‍याइने गरेको छ। अहिले पनि त्यहाँ नेपाल, भारतसहित २५ भन्दा बढी देशका नागरिक बन्धक छन्।

आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश

रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ। 

धोनीले किन रोजेका थिए ७ नम्बर जर्सी?

बीसीसीआईले सन् २०२३ मै ७ नम्बर जर्सी रिटायर्ड गरिसकेको छ। कुनै पनि खेलाडीले ७ नम्बरको जर्सी रोज्न पाउँदैनन्।

अध्यागमनसम्बन्धी कानून समयानुकूल बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

युनेस्को र पुरातत्त्व विभागले तोकेको मापदण्डविपरीत हुने गरी लुम्बिनी क्षेत्रमा संरचना नबनाउन तथा विद्यमान कानूनी प्रक्रियाभन्दा बाहिर गएर काम नगर्न पनि समितिले निर्देशन दिएको छ।

विपन्न खसआर्यको नाममा हुनेखानेलाई आरक्षण, सिफारिस दिँदा स्थानीय तहबाटै मनपरी!

गण्डकी प्रदेश लोकसेवा आयोगले स्थानीय तहहरूको सिफारिसको आधारमा विपन्न खसआर्यका लागि आरक्षण दिने गरेको छ। तर विपन्न खसआर्य पहिचानको स्पष्ट कानूनी मापदण्ड नहुँदा यस्तो आरक्षण विवादमुक्त छैन।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई छाड्ने आदेशप्रति गृहमन्त्री असन्तुष्ट

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा रिहा गर्न अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।

बक्सिङमा ऐतिहासिक रजत दिलाएकी सुष्मालाई ६ लाख रुपैयाँ प्रदान

थाइल्यान्डको बैंककमा आयोजित एएसबीसी एशियन यू२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङले सरकारबाट नगद पुरस्कार प्राप्त गरेकी छन्।

म्यानमारः विद्रोही समूहसँग थाक्यो जुन्ता सेना, २ वर्ष अनिवार्य सैन्य सेवाको नियम लागू

विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।

सरकारलाई विश्वप्रकाशको प्रश्न– नेपाली फर्काउन रुससँग वार्ता गर्न सक्ने क्षमता छ कि छैन?

कांग्रेस सांसद विश्वप्रकाश शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउने मामिलामा सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन्।

सरकारले घोषणा गरेको वर्ष दिनमा यू१९ टोलीले पायो नगद पुरस्कार

यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।

बागमतीका स्वास्थ्यमन्त्री भन्छन्– विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।