AnonymousUser

Logout

शेयर बजारमा २.४८ अंकको सामान्य गिरावट, चार अर्ब २४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।

फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यकता हो: सीके राउत

जनताबाट म्यान्डेट लिएर आएका नेताहरूले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिनुपर्ने बताए। जनमतले विश्वासको मत नदिने उनको भनाइ थियो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन्।

पश्चिमालाई पुटिनको चेतावनीः आणविक युद्धको लागि रुस तयार छ

अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ। 

पुलबीचमै ट्रकमा लागेको आगोले देखाएको कमजोरी : प्रज्वलनशील वस्तु ओसारपसारमा छैन मापदण्ड

चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगो लागेपछि नेपालमा प्रज्वलनशील वस्तु ओसारपसारसम्बन्धी मापदण्ड नभएको खुलेको छ। पेट्रोलियम पदार्थजस्ता प्रज्वलनशील वस्तुसमेत मापदण्डबिनै ओसारपसार भइरहेको छ।

अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन बनेको हो: ओली

देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेष फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्ति देखा परेको ओलीको भनाइ छ।

प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन्। 

घट्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

अमेरिकाको राष्ट्रपतिका लागि पुनः बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। त्यस निर्वाचनमा ट्रम्प पराजित भएका थिए।

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले हत्या गरेको भनेर स्वीकार गरेको प्रहरीले जनाएको छ।

धनकुटामा भ्यान र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ गम्भीर

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई गम्भीर भएका छन्।

च्याम्पियन्स लिग: आर्सनल र बार्सिलोना अन्तिम ८ मा

आर्सनल १४ र बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेका छन्।  

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: उच्च पहाडमा हिमपातको सम्भावना 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

सरकार र आरती साहका माइती पक्षबीच सहमति, अनुसन्धान गर्न सीआईबीको टोली खटाइने

सरकार र आरती साहका माइती पक्षबीच थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउनेसहित पाँचबुँदे सहमति भएको छ।

जामे मस्जिदमा रमजानको नमाज (तस्वीरहरू)

रमजानको पहिलो दिन जामे मस्जिदमा इस्लाम धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो, साथै रमजान पर्वलाई लिएर उनीहरू उत्साहित देखिएका थिए।

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपित निर्देशकलाई सोधियो तेस्रो स्पष्टीकरण

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका निर्देशक थानेश्वर आचार्यलाई कारबाही गर्ने/नगर्ने निर्णयमा पुग्नुपर्ने समयमा पुनः स्पष्टीकरण मागिएपछि पीडित झनै सशंकित भएकी छन्

तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अदालतले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।