मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
चैत १५ भित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू गर्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए।
बिहीबार दोस्रो लेगमा स्पार्टा प्रागलाई ६–१ ले हराउँदै लिभरपुल समग्रमा ११–२ को अग्रतासहित अन्तिम ८ मा पुगेको हो।
अग्ला पहाड र खोँच छिचोल्दै सडक गाउँ पुगेको छ। भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको छ।
पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।
‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ हुने भएको छ।
ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै–हेर्दै धोबी परिवार आठ दिनपछि भारी निराशा बोकेर अस्पतालबाट बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते।
प्रहरीका अनुसार उनीहरू एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने या आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए।
यूएनडीपीद्वारा सार्वजनिक गरिएको नयाँ मानव विकास प्रतिवेदनअनुसार १९३ वटा देश तथा भूभागमध्ये नेपाल १४६औँ स्थानमा छ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
धरानबाट भोजपुर घोरेटार जाँदै गरेको जीप दुर्घटना हुँदा घटनास्थलमै सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
एमालेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छ।
बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।
स्याङ्जाको वालिङ नगरपालिकाले विदेश पलायन रोक्न तथा विदेशबाट फर्केका युवालाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले दूधमा अनुदान दिन लागेको जनाएको छ।
नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्।
अख्तियारले भ्रष्टाचारको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।
मन्त्री जोशीले प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता औँल्याए।
निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।