AnonymousUser

Logout

लेखा समितिले हुलाकी राजमार्गबारे अर्थ मन्त्रालयसँग जवाफ माग्ने

सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गका बारेमा समितिमा उठेका प्रश्नहरूको अर्थ मन्त्रालयसँग जवाफ माग्ने भएको छ।

के संसद्‍मा बोलेको सुन्ने कुर्सी र भित्ताले मात्र हो?

संसद्‍मा बोलेको सरकारले नसुनेको भन्दै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन्। सीके राउतले संसद्‍मै भनेका थिए, “यहाँ बोल्दा कतै सुनिन्छ कि भित्ता वा कुर्सीलाई मात्र सुनाइरहेका छौँ?”

राजीनामाको घोषणा गर्दै मुख्यमन्त्री चौधरीले भने– सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्दैन

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरू सहमत भएका छन्।

विदेशी मुद्रा सञ्चिति २१.७ प्रतिशतले बढ्यो, १४.८ महिनाको वस्तु आयात धान्ने

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा सञ्जित मुद्रा २२.२ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

नक्कली बिल पेस गरी भ्याट छल्ने ९ व्यवसायीलाई कारबाही

आन्तरिक राजस्व कार्यालय, हेटौँडाका अनुसार नौ व्यवसायीमाथि जरिबानासहित ६ करोड २७ लाख ६८ हजार १५८ कर निर्धारण गरिएको छ।

शोभणशमशेर जबरा बैंकिङ कसुर मुद्दामा धरौटीमा रिहा

शोभणशमशेर जबरालाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको हो।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ३ अर्बको कारोबार

विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा कारोबार भएको छ। 

वाइडबडी जहाज किन्दा अनियमितता, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले वायुसेवा निगमको वाइडबडी जहाज किन्दा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकरप्रसाद अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

सर्वोच्च न्यायालय बाबा रामदेवसित किन रिसायो?  

जनस्वास्थ्यबारे अप्रमाणित कुरा गरेर भ्रम फैलाएको मुद्दामा जवाफ माग्दा पतञ्जलीले ‘रेस्पोन्स’ गरेन। न्यायालयको आदेशलाई हाकाहाकी गरेको अटेरीलाई न्यायाधीशहरूले गम्भीरतापूर्वक लिएपछि रामदेव समस्यामा छन्।

नुवाकोटको दुप्चेश्वरमा लालीगुराँसबाट जुस उत्पादन

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँस संकलन गरेर परीक्षणका रूपमा शुरू गरेको जुस उत्पादन सफल भएको छ।

उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी ल्याउन ४ अर्बभन्दा बढी खर्च लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन्।

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए।

माटोका भाँडा बनाउने परम्परागत पेसालाई युवामाझ ब्युँताउँदै हाँडीगाउँ

काठमाडौँ महानगरपालिका र नेपाल हस्तकला महासंघले मिलेर हाँडीगाउँमा माटाको भाँडा बनाउने ४५ दिने तालिम चलाइरहेका छन्। त्यसमा १५ स्थानीय युवाले आधुनिक प्रविधिबाट परम्परागत भाँडा बनाउन सिकिरहेका छन्।

कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार 

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई सिफारिस गरेको हो।

जसपाबाट समानुपातिक सांसदमा हसिना खान सिफारिस

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले सो स्थानमा हसिना खानको नाम सिफारिस गरेको हो।

बेनी–जोमसोम सडक: काभ्रेभिरमा ‘रक एङ्‌करिङ’

म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीको कटानको समस्या छ। 

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको छ।

मकैमा फौजी कीरा लागेपछि समस्यामा तनहुँका किसान

आँबुखैरेनी गाउँपालिका–२ ढापटारको करिब ४५ रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराको समस्या देखिएको छ। 

धमाधम कालोपत्र हुँदै धनगढी–दिपायल द्रुतमार्ग 

धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो।

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ८ जना पक्राउ

बुधबार राति २ बजे काठमाडौँको थापागाउँस्थित पुलहाउस बाहिरबाट गायक राईसहित आठ जना पक्राउ परेका हुन्। राईको समूहले मापसे गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।