अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई शुक्रबार अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल एयरलाइन्सले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
कैलालीको टीकापुर नगरपालिका–१ स्थिति सुकुमबासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन्।
रक क्लाइम्बिङ गर्ने क्रममा लडेर घाइते भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको उपचारका क्रममा मृत्यु भएको छ।
२०७२ सालको विनाशकारी भूकम्पले हल्लाएर पनि ढाल्न नसकेका अग्ला घरहरू अर्को भूकम्प आउँदा नढलून् भनेर होचो पारिएका थिए। तर यसपालि वनबाट सल्केको डढेलोले पहिले जोगिएका १५ घर एकैछिनमा सिध्यायो।
मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।
२०५३ सालको एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाबारे प्रहरीले थप खुलाएको छैन।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।
लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको छ।
डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।
इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।
देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि रात कटाउन बाध्य छ।