राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।
समस्यामा परेका नेपालीको उद्धार तथा सामाजिक–सांस्कृतिक कार्यक्रम गर्न विदेशमा रहेका नेपालीले विभिन्न ‘समाज’ गठन गरेका छन्। पछिल्लो समय भने सामूहिक सक्रियतासँगै परस्पर खुट्टा तान्ने प्रवृत्ति बढेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमतीलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
युक्रेनमा प्रयोग गर्नका लागि ब्यालेस्टिक मिसाइलसहितका हतियार रसिया र उत्तर कोरियाबीच हस्तान्तरण गर्न सहजीकरण गरेकोमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाले जनाएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले शनिबारदेखि जेठ ७ गतेसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्।
बागमतीका १० वटा जिल्लामा भएका एक हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा दुई हजार ५८६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
आइतबारसम्म अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।
बिहीबारको संसद् बैठकमा सभामुखको भूमिका राम्रो नभएको ठहर गर्दै कांग्रेस महामन्त्री थापाले यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग्ने बताए।
महाशाखाले तराईका भू–भागमा आगामी ३ दिनसम्म तातो लहर चल्ने अनुमान गरिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ।
बेलामौकामा उजागर हुने ठूला सुन तस्करी प्रकरणमा प्रहरी अधिकृतहरूकै नाम किन मुछिन्छ? सुन तस्करी प्रहरीकै संरक्षणमा भइरहेछ या प्रहरीको नुर गिराउन यसो गरिन्छ?
कांग्रेसले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
पत्रकार दाहालले बाँसबारी जग्गा प्रकरणको उजागर गरेकी थिइन्। अवार्डअन्तर्गत १६ लाख राशिको पुरस्कार नक्कली शरणार्थीको खोज रिपोर्टका लागि देवेन्द्र भट्टराई र मातृका दाहालले संयुक्त रूपमा प्राप्त गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ।
बरामद गरिएको लागुऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ।
२०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट बन्द भएको पनि नौ वर्ष बितिसक्यो। पुनः सञ्चालनमा आउन नसक्नुको कारण अस्पतालका चिकित्सकहरूलाई समेत थाहा छैन।