AnonymousUser

Logout

१० वर्षमा भेरी नदीमाथि पुल निर्माणको प्रगति ५ प्रतिशत

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ।

खडेरीले बारीमै सुक्यो कोदो

लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको पर्वतका कृषकले गुनासो गरेका छन्।

म्याग्दी र बागलुङको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाले जनाएको छ।

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।

शहरमा गाईपालक कृषक, सघाउँदै ललितपुरको वडा कार्यालय (भिडियो कथा)

ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्‍याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।

त्रिशूलीमा बस खस्यो: २० जना घाइते, ५ गम्भीर

नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन्। 

विश्वकप क्रिकेट: बांग्लादेशसँग नेदरल्यान्ड्स पराजित

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो। 

पूर्वी नेपालमा वर्षा, मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

पहिरोले घर बगाउँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबाआमा र दुई जुम्ल्याहा बहिनीको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।

कावासोतीमा नाला बनाउन खाल्डो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु, १ बेपत्ता

कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार दुई मजदुरको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

विदेश पठाउने नाममा साढे २ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै एक हजारभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

४३ जिल्ला न्यायाधीशको कोटामा ८ जना मात्र लिखित परीक्षामा उत्तीर्ण

जिल्ला न्यायाधीशको परीक्षामा २०३ जना सामेल भएकोमा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसलाई चरम गरिबी र असमानतामा धकेलेको बताएका छन्।

जसपा नेपालको कार्यसमिति चयनको जिम्मा अध्यक्ष यादवलाई

पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिँदै जसपा नेपालको महाधिवेशन सकिएको छ।

सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी र कटानको चुनौती

पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।

पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त

स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिबाना

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

चितवनबाट विस्थापित हुँदै रेशमखेती

चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।