घोराही उपमहानगरपालिकाको न्यायिक समितिले न्यायिक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानूनी साक्षरता अभियानलाई अगाडि बढाएको छ।
पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।
सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष रहेका छन्। तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष रहेको प्राधिकरणले जनाएको छ।
सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताएकी छन्।
अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको सडक कार्यालयले जनाएको छ।
बेनी बजारबाट मंगला गाउँपालिका–२ सिमसम्म १२.५ किलोमिटर कालोपत्र गरिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।
नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरमा पहिलो गोल हो।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।
कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशले खेलकुदतर्फ साहसिक, मनोरञ्जनात्मक, परम्परागत र वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
ढिकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँ–गाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा हाइड्रो निर्माण प्रक्रियामा छन्। कतिपय आयोजना कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तुको वासस्थानमा पर्छन्।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका १९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।
भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
मंगलबार एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सरोकारवालाले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा १० वर्षमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका छन्।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।