AnonymousUser

Logout

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट

कर्णालीका आर्थिक मामिला मन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।

नवप्रवर्तनसम्बन्धी कानून तयार गरिँदै

मस्यौदामा नेपालमा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, प्रदेश तहमा उच्चस्तरको अनुसन्धानशाला, युवा प्रतिभालाई पलायन हुन नदिई देशभित्रै राख्ने र उद्यमशीलताको प्रवर्द्धन गर्ने नीतिहरू समावेश गरिएको छ।

बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालनका लागि बजेट अभाव

४५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ। 

एमसीसीअन्तर्गत रातमाटेमा बन्ने सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीलाई

एमसीसीअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ।

मेलम्ची बाढीको ३ वर्ष, पुनः निर्माण  सुस्त, स्थानीयवासी चिन्तित

मेलम्चीमा बाढीले क्षति पुर्‍याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्।

मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। उनले बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्।

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

७१ जिल्लामा फैलियो डेंगी संक्रमण

गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

सीटीईभीटीको ल्याबबाट क्रिप्टो कारोबार, २ जना पक्राउ

सीटीईभीटीको प्राविधिक प्रशिक्षण भवन, ठिमीस्थित सूचना प्रविधि ल्याबको कम्प्युटरबाट क्रिप्टोसम्बन्धी कारोबार गरेको आरोपमा सीआईबीले २ जनालाई पक्राउ गरेको छ।

रविका ती ३२ दिन, यी १०० दिन

आफ्नो मात्र भनाइ राखेका गृहमन्त्री लामिछानेले पत्रकारको प्रश्नको भने उत्तर दिन चाहेनन्। पत्रकारले केही प्रश्न रहेको बताइरहँदा उनी कार्यक्रम समापन भएको घोषणा गर्दै बाहिरिएका थिए।

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

गोली लागी घाइते भएका रामराजा क्याम्पस प्रमुख कुशवाहाको मृत्यु

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।

जुद्धोदय स्कुलको जग्गामा व्यापारिक भवन: सटरहरूमा महानगरको ताल्चा, छानबिनमा भने बेवास्ता

जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।

गण्डकी​​​​​​​ प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

माओवादी केन्द्र संसदीय दलको ‘ह्वीप’ उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

गण्डकीको नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना

प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि संघ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन।

उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ।

ताप्लेजुङको खेजेनिममा पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

अवैध व्यापार रोक्न बिजकमा ‘एचएस कोड’ अनिवार्य

अर्थ मन्त्रालयले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्नका लागि ‘हार्मोनाइज्ड’ (एचएस) कोड कार्यान्वयनमा ल्याएको छ।