AnonymousUser

Logout

सीजी फुड पार्कका सबै संरचना गैरकानूनी : नक्सा पास छैन, स्थानीय तहलाई टेर्दैन

ललितपुर महानगरपालिकाका अनुसार सीजी फुड पार्कका भवन, कारखाना क्षेत्र र अरू सबै संरचनाहरूको नक्सा पास छैन। महानगरले नक्सापास, व्यवसाय दर्ता र सम्पत्ति करका लागि पटक–पटक ताकेता गर्‍यो, तर कम्पनीले टेरेन।

बचत रकम अपचलनको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

प्रहरीले बचतकर्ताको ९४ करोडभन्दा बढी रकम अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ।

११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ।

दक्षिणी गाजामा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा

संयुक्त राष्ट्र संघ र अन्य संस्थासँगको छलफलपछि गाजापट्टीमा प्रवेश गर्ने मानवीय सहायताको मात्रा बढाउने प्रयासस्वरुप उक्त निर्णय लिइएको इजरायली सेनाले जनाएको छ। 

ताप्लेजुङको सिरिजंघा र मिक्वाखोलामा पहिरो, १५ परिवार विस्थापित

प्रहरीका अनुसार घरमा क्षति पुगेर विस्थापित परिवारलाई नजिकको विद्यालय र छिमेकीको घरमा राखिएको छ। बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्यु भइसकेको छ।

कर्णालीलाई काठमाडौँसित जोड्ने अभियान [तस्वीरहरू]

अभियानको शुरूआत खस सभ्यता, कला, संस्कृति र सम्पदाको खानीको रूपमा चिनिने दैलेखबाट गरिएको छ। सोमबारसम्म चल्ने यो महिनाको प्रदर्शनमा ३२ तस्वीर तथा पाँचवटा भिडियो प्रदर्शन भइरहेको छ।

माइक्रो चिप्सबाट यसरी गर्न सकिन्छ घरपालुवा जनावरको सुरक्षा 

माइक्रो चिप्सको सहायताले घरपालुवा जनावरको सुरक्षा र व्यवस्थापन गर्न सकिने भए पनि सरकारले अनिवार्य नगर्दा मनपरी गर्नेलाई बाटो खुला भएको छ। 

अस्ट्रेलियाको जितसँगै इंग्ल्यान्ड सुपर आठमा प्रवेश

इंग्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५–५ अंक भए पनि इंग्ल्यान्ड नेट रन रेटका आधारमा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो।

दक्षिणी गाजामा विस्फोट: ८ इजरायली सैनिकको मृत्यु

गत जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिकको मृत्यु भएपछि यति ठूलो संख्यामा सैनिकको मृत्यु भएको यो पहिलो पटक हो।

युरो कप: स्पेन र इटलीको विजयी शुरूआत

स्पेनले क्रोएशियालाई ३–० ले पराजित गरेको हो। स्पेनको जितमा अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले १–१ गोल गरे। 

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

क्यान्सर घोषणापश्चात् पहिलो पटक सार्वजनिक कार्यक्रममा वेल्सकी राजकुमारी केट

वेल्सकी राजकुमारी केटले क्यान्सर पत्ता लागेपश्चात् पहिलो पटक शनिबार मध्य लन्डनमा आयोजित ‘ट्रूपिङ द कलर सैन्य परेड’को अवलोकन गरेकी छन्। 

किसानलाई प्रोत्साहन गर्न ‘ब्रान्डिङ’ गरिँदै लहानको आँप

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ गर्न थालिएको छ।

बागमतीले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

चालु वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड रुपैयाँले बढाएर बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ।

आगामी आर्थिक वर्षका लागि लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

गृहको त्यो पत्र जसका कारण परिचयपत्रविहीन बन्दैछन् शरणार्थी

तीन वर्षयता आफ्नै पहलमा ‘स्पोन्सरसिप’ खोज्ने वा पारिवारिक पुनर्मिलनमा जान चाहनेका लागि पनि यात्रा अनुमतिपत्र दिन बन्द गरिएको छ। यस्ता अनुमतिपत्र चाहनेको संख्या एक हजारभन्दा बढी छ।

सुदूरपश्चिमले ल्यायो ३१ अर्ब ३२ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि गण्डकीको बजेट ३२ अर्ब ९७ करोड

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

कोशीमा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड बजेट विनियोजन

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।