छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ।
देशको राजधानीमा काम गर्ने श्रमिक नै व्यवसायजन्य सुरक्षाका साथै न्यूनतम खर्च धान्न पुग्ने पारिश्रमिकबाट समेत वञ्चित भइरहँदा अन्य भागमा काम गरिरहेका मजदुरको अवस्था झनै चुनौतीपूर्ण छ।
तटरक्षकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। बेपत्ता भएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ।
२१९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो।
आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको सूर्यविनायक–धुलिखेल सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ मात्रै बजेट निकासा गरेको छ।
लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो।
कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले संघीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ।
शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्ध युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको युद्ध मन्त्रिपरिषद् भंग गरेका छन्।
मौसमजन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न स्थापना गरिएका मौसमी राडार सञ्चालनमा दक्ष जनशक्ति नहुँदा चुनौती देखिएको छ। सुर्खेत, उदयपुर र पाल्पामा झन्डै एक अर्ब खर्चिएर यस्ता राडार स्थापना गरिएको हो।
निर्माण कम्पनीको अटेरीका कारण पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
नेपालको भ्याटदर विश्वको औसत भ्याटदरभन्दा कम भए पनि आगामी ५ वर्षसम्म एकल दर स्थिर राख्ने, कर छुट अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी छुट हटाई कराधारको विस्तार गर्न समितिले सुझाव दिएको छ।
लहानमा बिक्री वितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरू सडक किनारमै आँप किनबेच गर्न बाध्य छन्। यसले सवारी आगमनमा असरका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन्।
संवैधानिक परिषद्ले यौन दुर्व्यवहारको मुद्दा खेपेका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।
ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरू भएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।
सरकार र ट्यांकर चालकबीच सातबुँदे मागका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठनसहित चारबुँदे सहमति भएको छ।
भारतको पश्चिम बंगालमा सोमबार मालवाहक रेलले यात्रुवाहक कञ्चनजंगा एक्सप्रेसलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।