AnonymousUser

Logout

एमाले, कांग्रेस र नागरिक उन्मुक्तिले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने या नहुने भन्नेमा अन्योल देखिएको छ।

दाङमा सर्पको टोकाइबाट १ वर्षमा १० जनाको मृत्यु

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले अन्धविश्वासमा परी झारफुक या चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा सर्पदंशमा परेका बिरामीले ज्यान गुमाउने गरेको बताए।

धनुषामा धानखेती गर्ने जमिन बर्सेनि घट्दै, उत्पादन लागत भने बढ्दो

विगतका तुलनामा धानखेती महँगो हुँदै गएको छ। उत्पादन लागत बढे पनि किसानले सो अनुसार मूल्य नपाएको गुनासो गरेका छन्।

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु, ६ घाइते

हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिबार बिहान ४ बजे पहिरोमा परेको हो। 

मानव बेचबिखन कसुरमा ५ जना दोषी ठहर, १५ देखि १८ वर्ष जेल सजाय

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय किशोरीलाई २०७९ पुस २० गते भारतको दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो।

सिराहमा सर्पले डस्दा १ जनाको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो।

कालीगण्डकी करिडोर ३ दिनदेखि अवरुद्ध, कृषिउपज बजार लैजान समस्या

भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै सडक भासिएको छ।

सिमलताल बस दुर्घटनामा बेपत्ता यात्रुको खोजी पुनः गरिँदै

नदीमा पानीको मात्रा बढ्दै गएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि शुक्रबार राति खोजीकार्य रोकिएको थियो।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रधानमन्त्रीमा ओलीको दाबी पेश

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन्।

‘क्यास एप’मार्फत ५ करोड कारोबार, ५ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको अवैध कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को २ बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

धमिलो पानी र उच्च प्रवाहका कारण त्रिशूलीमा बेपत्ता बस खोज्न समस्या

त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँच वटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन्।

राष्ट्रपति पौडेलले गरे कानूनविद्हरूसँग परामर्श

नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका छन्।

कास्की पहिरोमा ज्यान गुमाएका ५ जनाको सामूहिक दाहसंस्कार

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

प्रधानमन्त्री दाहाल पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

नौ वर्षपछि प्रतिपक्ष: नेतृत्वले नै झन् पछि झन् कमजोर बनाएको माओवादी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सत्ता गुमाएसँगै पछिल्ला १७ वर्षयता प्रायः सरकारमै रहेको यो पार्टीलाई, सत्ताका निम्ति नेतृत्वले नै झन् पछि झन् कमजोर पारेको टिप्पणी भइरहेको छ।

बढीपहिरोमा परी जेठ २८ गतेयता १०३ जनाले गुमाए ज्यान, १०९ घाइते

बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्।

पहिरोले बगाएको बसमा थिए ७ भारतीय नागरिक

सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ।