ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदीछेउमा अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन्।
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा राजनीतिक परिस्थितिका कारण स्थगित भएको छ।
पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्। प्रहरीले उनलाई ठमेलस्थित एक होटलबाट कोकिनसहित पक्राउ गरेको हो।
भोटेकोसी–१ जलविद्युत् आयोजनाको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।
हेम–सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' उकालोकर्मी दिपा दाहाल र कान्तिपुरका मातृका दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ।
सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको स्याङ्बोचेस्थित हिमालयन संग्रहालयमा आधारशिविर र त्यसभन्दा माथि संकलित फोहोरबाट विभिन्न कलाकृति बनाएर बिक्रीका लागि समेत राखिएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ।
गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुई र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
तेस्रो स्थानका लागि भएको खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो।
२५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ।
ट्रम्पको र्याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।
कोशी, मधेश, बागमती र गण्डकीका आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ।
अर्काको नाममा प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जनाहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।
नारायणी नदीको बीच भागको टापुमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए।
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सरेको छ।
कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।
भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको रहेको प्रहरीले जनाएको छ।