सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
२०२० मा ओहायोको चुनावी र्यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'
महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए।
मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो।
टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा कार्यान्वयनमा सुधार भएको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।
आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।
अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यातायात व्यवसायीले प्रदेश सरकारसँग समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा ३५ जनाको मृत्यु भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।
झापास्थित दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजले सर्वोच्चको फैसलाबाट सम्बन्धन पाएपछि मनसायपत्र लिएर बसेका अरू व्यवसायी पनि दौडधुपमा लागेका छन्। त्यसमा चिकित्सा शिक्षा ऐन बदल्नेसम्मको जोडबल चलिरहेछ।
कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।
विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर गर्दै ९ महिनाको जेल सजायको फैसला सुनाएको छ।
सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति रहेकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो।
नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ भने १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ मा आइतबार बिहान पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।