ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।
दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।
जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ। यद्यपि तिनीहरूको संख्या र राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका छन्।
अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।
कोशी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बर्खा याम शुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण असार १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो।
बांग्लादेशमा दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ बराबरको खुदो निर्यात भएको छ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार धरहरा चढ्न आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ।
वायुसेवा निगम सुधारका लागि समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने क्रम २०५८ सालदेखि निरन्तर चलिरहेको छ। अहिलेसम्म बनेका सात समितिले दिएका तर कार्यान्वयन नभएका निगम सुधारका सुझाव प्रायः उस्तै छन्।
कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको समिति सदस्य महेश बर्तौलाले बताए।
संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’ हेर्नका लागि हजारौँ मानिसहरू दरबारमार्ग क्षेत्रमा जम्मा भएका छन्।
दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ।
हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो लहरले यो समूहलाई अस्तव्यस्त बनाएको छ।
भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
दलितका लागि दलित अभियानले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ।
‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको हो।
बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रहरीले 'फेक इन्काउन्टर' गरेर नागरिकको हत्या गरिरहेको भन्दै लगातार उजुरी आउन थालेपछि मानव अधिकार आयोगले चार वर्षअघि छानबिन समिति बनाएको थियो। तर समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।