काभा पुरुष यु२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अध्ययन वा कामका लागि बिदेसिएकाहरू दशैँमा घर फिर्ने चलन छँदैछ। तर यस्ता अभिभावक पनि छन् जो विदेशमा भएका आफन्तलाई दशैँको टीका लगाइदिन चाडको मुखमा आफैँ बिदेसिन्छन्।
जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको समूहले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।
दशैँ मनाउन मानिसहरू गाउँघर गएपछि काठमाडौँ उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्।
लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणबाट मध्य बेरुतमा २२ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।
निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।
दशैँ मान्नका लागि एक सातामा १३ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन्।
काभ्रेपलान्चोक प्रहरीका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका छन्, मानवीय क्षति भएको छैन।
क्याम्पमा सहभागी हुन अहिलेसम्म दुई हजार २७७ विद्यार्थीले चासो देखाएका छन्। १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ।
मर्दी पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने सुदीप गौतमको सम्मानमा बालदडाँडामा पार्कसहित शालिक निर्माण गरिएको छ।
बराबरीका बाबजुद अर्जेन्टिना दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको कोलम्बिया भने बोलिभियासँग पराजित भएको छ।
घरभित्र सुतिरहेको अवस्थामा युवतीमाथि धारिलो हतियारबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।
निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्।
बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।
अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार पहिरोको अवरोध हटाएर शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।
आपत्कालीन अवस्थाबाहेक इमरजेन्सी ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउन सक्ने प्रवक्ता कर्णको भनाइ छ।
आगो अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायीको भनाइ छ।