छोटो छुट्टीमा परिवार तथा आफन्तसँग दशैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण कर्मथलो फर्किन थालेका छन्।
पाँच किलोमिटर चट्टान फोडेसँगै वडा नम्बर १, २, ३ सडक सञ्जालसँग जोडिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताए।
लमजुङ जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
थारू गाउँमा दशैँ आगमनसँगै सखिया नाचको रौनक पनि शुरू हुन्छ। दिनभरको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दशैँभर नाचिने थारू अगुवा बताउँछन्।
कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले साम्प्रदायिक झडपमा दुई बालबालिका, तीन महिलासहित १६ जनाको मृत्यु भएको बताएका छन्।
नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले काभा यु२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता खेलाडीलाई खादासहित टीका–जमरा लगाएर विमानस्थलमा स्वागत गरेका छन्।
जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने उनको भनाइ छ।
वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।
शनिबार सम्पन्न फाइनलमा पहिलो सेट जितेको नेपाल उज्वेकिस्तानसँग समग्रमा ३–१ ले पराजित भएको छ।
भारतको गुजरातमा पर्खाल भत्किँदा ६ कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन १० दिन ढिलो गरी शनिबार नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। रोजगारी कटौतीबाट कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ।
पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।
व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।
विगत ४८ घण्टामा शान्तिसेनामाथि आक्रमणका दुई वटा घटनामा श्रीलंकाका दुई र इन्डोनेसियाका दुई गरी चार सैनिक घाइते भएका छन्।
बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैँ मनाइरहेका छन्।
रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो। धेरैजसो स्थानमा खोला बगर सम्म्याइएको छ भने केही ठाउँमा अस्थायी सडक बनाइएको छ।
जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन।