शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको छ।
बन्धक र कैदीको रिहाइका लागि युद्धविराम गर्न महिनौँदेखि निरर्थक देखिएको वार्ताको कतारले नेतृत्व गरिरहेको थियो।
बजारमा कोदोको माग बढेपछि किसानले यसको खेती पनि विस्तार गरेका छन्। कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका छन्।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरेको क्रोएसियाको प्रहरीले जनाएको छ।
मंसिर १४ गते यूएईमा आयोजना हुने यू१९ एशिया कप–२०२४ का लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।
सहमति अनुसार सबै वायुसेवा सञ्चालकले दुई पक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।
पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसानहरू बताउँछन्।
एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।
आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत शनिबारको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयको प्रतिवेदनअनुसार करिब ८० प्रतिशतको आवासीय भवनमा मृत्यु भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।
भारतसँगको खुला सीमाका कारण मालवस्तु अवैध रूपमा निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित रेल स्टेसनमा शनिबार बिहान विस्फोट भएको थियो।
जाडो मौसमसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। यहाँ ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि पर्यटक आकर्षित हुने गरेका छन्।
सडक कालोपत्रका लागि २०७३ जेठमा ठेक्का सम्झौता भएको थियो। काम सक्नुपर्ने म्याद २०७५ जेठसम्म थियो। सडक कार्यालयले हालसम्म पाँच पटक म्याद थपेको छ। काम भने भएको छैन।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो।
पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।