नेपाल बाल संगठनको जग्गा प्रकरणमा सीआईबीले प्रचारसहित शुरू गरेको अनुसन्धान आश्चर्यजनक रूपमा सुस्ताएपछि व्यापारिक घराना विशाल ग्रुप थप बलियो र बाल संगठन झन् निरीह हुने अवस्था आएको छ।
विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।
विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको घटनामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
महिलालाई मलेसियासहित खाडी मुलुकमा घरेलु काममा पठाउन आठ वर्षअघि लगाइएको प्रतिबन्ध हट्ने भएको छ। सुरक्षाका नयाँ प्रावधान राखेर नेपालले यूएईसँग गर्ने सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
केसीएनएका अनुसार रुससँगको सुरक्षा सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।
मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा सीमित भएको छ।
बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रालयको संख्या बढाएर १४ पुर्याएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
नेपालका लागि कप्तान पूजा महतोले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिएर ५ विकेट लिइन्।
स्याङ्जाको बिरुवा–१ की ५० वर्षीया कमला कुमारी केसी, बागलुङको बडिगाड–९ की २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर–१० का २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाली कप्तान पूजा महतो ६९ बलमा १७ चौकासहित १३० रनमा अविजित रहिन्। उनले ५७ बलमा शतक पूरा गरेकी थिइन्।
मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले छोरा र भाइलाई पनि गाडी दिएका छन्। त्यतिले नपुगेर थप गाडी माग गरिरहेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्चले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ। दशैँतिहारको समयमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ।
नदी क्षेत्रको करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइबाट दुई हजार ८०० किलो फोहोर संकलन गरिएको छ।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
आयोगले सोमबारदेखि लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको छ।