AnonymousUser

Logout

हत्याको जाहेरी दर्ता गराउन आन्दोलन, सरकारी वकिलमा पुगेपछि ‘उन्मुक्ति’

जग्गा प्लटिङ विवादमा झापाका यामु निरौलाको हत्या हुँदा एमाले नेताका भाइ पनि मुछिए र घटनाको २३औँ दिनमा पक्राउ परे। तर प्रहरीबाट अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पुगेपछि मुद्दा नचल्ने निर्णय भएको छ।

कृषि सामग्रीको गोदामबाटै मल चोरी, छानबिन गर्दै प्रहरी

कृषि सामग्री कम्पनीको गोदामको ‘भेन्टिलेटर’बाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ लगायतका कोणबाट अनुसन्धान जारी रहेको पर्साका प्रजिअ गणेश अर्याल बताउँछन्।

हेटौँडा सिमेन्ट उद्योगको मर्मत गर्न अझै डेढ महिना लाग्ने

मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ।

अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा २ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले जंगली बँदेल पालेको आरोपमा दुई जनालाई माडीबाट पक्राउ गरेको छ।

मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध उजुरी

पर्यटनमन्त्री एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध शृंखलाबद्ध रूपमा गलत प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।

गौशाला क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशाला क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ।

पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बांग्लादेश निर्यात

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।

सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले साहलाई ७८ हजार घुससहित पक्राउ गरेको  हो।

प्राकृतिक स्वरूप नै बदल्ने गरी दोलखाको रोल्वालिङ खोलामा कसरी आएको थियो बाढी?

रोल्वालिङमा आएको बाढीले च्छो रोल्पा हिमताल जाने पदमार्ग मात्र बिगारेन, चार वटा झोलुङ्गे पुलसमेत बगाइदियो। बेदिङ र ना गाउँसँग ४५ दिनसम्म सम्पर्कविच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न पठाइएको थियो।

श्रीलंकाको मध्यावधि निर्वाचनमा वाम गठबन्धनलाई बहुमत

अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा वाम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

दार्चुला दुर्घटना: घाइते ३ जनालाई हेलिकप्टरबाट धनगढी लगियो

जिपचालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकायालाई हेलिकप्टरबाट धनगढी लगिएको छ।

टुकुचाको ढलमा संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ । 

कोदोखेतीले धानेको खोरियागाउँ

मिर्चैया नगरपालिका–७ मा पर्ने खोरियागाउँमा बारीभरि कोदोखेती देख्न सकिन्छ। यहाँका किसानका लागि यो निर्विकल्प खेती हो।

दार्चुला दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ गम्भीर

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो।

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको हो। 

पर्यटकीय गन्तव्य बन्दै पर्वतको कोखेडाँडा

समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको कोखेडाँडामा हिमाल हेर्न जाने पर्यटक बढेका छन्। यहाँबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ। 

तराईका केही स्थानमा हुस्सु, पहाडमा आंशिक बदली रहने

गण्डकी र कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

बांग्लादेश ४० मेगावाट बिजुली निर्यात गर्दै प्राधिकरण

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बांग्लादेश पुग्नेछ। प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ।

विश्वकपमा छनोट भएको यू१९ क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकप र एशिया कपमा स्थान सुरक्षित गरेर फर्किएको यू१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीलगायतले स्वागत गरेका छन्।

चिसो बढेसँगै बाढीपीडितलाई घरवासको चिन्ता

बाढीले क्षति पुर्‍याएको दुई महिना पुग्नै लाग्दा पीडितले अझै बस्ने वास पाएका छैनन्। कोही आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन् भने, कोही सरकारले दिने राहत पर्खिरहेका छन्।