संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।
पहिलो पटक विश्वकपमा प्रवेश गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ।
भूकम्पको एक वर्ष बितिसक्दा पनि जाजरकोटका पीडितले अस्थायी आवास बनाउने रकम नै पूर्णरूपमा पाएका छैनन्। सरकारको बेवास्ताले स्थायी आवासमा बस्ने भूकम्पपीडितको आशा मर्दै गएको छ।
विषाक्त धुवाँ फैलिँदा लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।
फैसलामा ‘साबिकदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको नदेखिएको, यो तथ्यलाई मारवाडी सेवा समितिले पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिएको’ उल्लेख छ।
बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा कायम भएको छ भने १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
गत सेप्टेम्बरमा आफू राष्ट्रपति भएको भोलिपल्टै दिसानायकेले संसद विघटन गरेका थिए। संसदमा आफ्नो दलको ३ सिट मात्र रहेकामा यस पटक उनी बहुमत चाहन्छन्।
कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको बताए। यहाँ उत्पादित स्याउ पोखरा, काठमाडौँसहित देशका अन्य बजारमा पुग्ने गरेको छ।
नागढुंगा सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो।
पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
राजनीतिक वातावरणलाई प्रभावित पार्न ट्विटरका मालिक एलन मस्कले त्यसको प्रयोग गर्ने गरेको गार्डियनको भनाइ छ।
कुनै पनि शैक्षिक संस्थाले कानून विषय पढाउन बार काउन्सिलबाट पाठ्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्थालाई गण्डकी विश्वविद्यालयले अटेरी गरेको छ। उक्त विश्वविद्यालयमा अहिले १६० जना स्नातक तह पढिरहेका छन्।
भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्त्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।
प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
सहकारीको रकम ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर, उनले आफूमाथि लागेको आरोपको इन्कार गरेका छन्।