राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो।
बुधबार यूएईमा सम्पन्न एशिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आह्वान गरेका छन्।
मंगलबार पनि घटेको नेप्से आज फेरि १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई प्रत्यक्षदर्शी दाबी गर्ने अर्यालले गलत विवरणसहित दुष्प्रचार गरेको प्रहरीको भनाइ छ।
पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरूले सामानहरू बिक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताएका हुन्।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
बसमा सवार २५ जनामध्ये बुधबार बिहानसम्म १४ जनाको शव निकालिएको र १० जना अझै हराइरहेको प्रहरीले जनाएको छ।
मुस्ताङमा यो वर्ष सरदरभन्दा ८० प्रतिशत बढी वर्षा भयो। गत साउनमा एउटा हिमताल फुट्दा थामेगाउँ खण्डहर बन्यो। हिमाली क्षेत्रका यस्ता अस्वाभाविक मौसमी परिवर्तन यस पटक कोप २९ मा नेपालका मुद्दा बनेका छन्।
मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण संघले जनाएको छ।
मेवाखोला, मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ।
असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।
उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाही स्वरूप थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ।
निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ।
मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन्।
काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको छ।
कोप२९ मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न आह्वान गरेका छन्।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत माग गरेका छन्।