कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रमुख दलसहित आठ पार्टी र १२ जना स्वतन्त्रसमेत गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक चालकको मृत्यु भएको छ।
विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा ३ वर्षअघि राष्ट्र बैंकले कर्जा नियन्त्रण गरी आयात घटाउने नीति लियो। त्यहीँबाट मन्दी शुरू भएको मान्ने निजी क्षेत्र उक्त नीतिलाई अझै चलायमान अर्थतन्त्रको बाधक मान्छन्।
युक्रेनको ऊर्जा पूर्वाधारलक्षित रुसी आक्रमणमा परी केही नागरिकको समेत ज्यान गएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आइतबार दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्।
सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ।
साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।
विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार उपचारका क्रममा निधन भएको छ।
कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा एमाले, माओवादी केन्द्र, नेमकिपा, जसपा नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।
वन मासेर भ्रष्टाचार गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन।
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन्।
दमक नगरपालिका–३ का सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा स्थानीय मीनबहादुर भण्डारी आक्रमणमा परेका हुन्।
जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ।
कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।