AnonymousUser

Logout

देशका अधिकांश भूभागको मौसम सफा रहने

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

युद्ध कसले जित्छ भन्ने सन् २०२५ मा निश्चित हुने जेलेन्स्कीको भनाइ, पुटिनले गरे नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर 

पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको अनुमोदन युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिन तथा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने निर्णयपछि आएको हो।

नागरिकलाई उठीबासको त्रासमा नराख्न अनुगमन टोलीको ध्यानाकार्षण

कतिपय बस्तीमा खानेपानी तथा बिजुलीलगायत आधारभूत सेवाबाट समेत वञ्चित गरी विभेदपूर्ण व्यवहार गरिइएको पाइएको अनुगमन टोलीले ध्यानार्कषणपत्रमा उल्लेख गरेको छ।

डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

निकोसेराको बस्तीः वर्षामा हनुमन्ते पस्छ तर मापदण्डले उठिबासको चिन्ता

सर्वोच्चले भदौमै हनुमन्तेको मापदण्ड जम्मा ४० मिटर हुने फैसला गर्‍यो, असोजमा बाढी पसेर निकोसेरा बस्ती डुबानमा पर्‍यो। यता मुख्य सडकको मापदण्ड १२ मिटर छ। स्थानीयलाई मुआब्जा नपाएर उठिबास हुने चिन्ता छ।

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

असोज ११ र १२ गतेको वर्षापछिको बाढीपहिरोबाट देशभर जलविद्युत, सिँचाइ, तटबन्ध र प्रसारण लाइनमा १३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ।

इजरायली आक्रमणबाट लेबनानमा २ महिनामा २०० भन्दा बढी बालबालिकाको मृत्यु

युनिसेफका प्रवक्ता जेम्स एल्डरले लेबनानमा घरबारविहीन भएका लाखौँ बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा कष्टकर अवस्थामा रहेको बताए।

उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति

निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।

तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि

राष्ट्र बैंकको प्रतिवेदनअनुसार तरकारीको उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशतले वृद्धि भएको छ। 

नेप्से परिसूचक ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ५१.११ अंक अर्थात् १.८५ प्रतिशतले घटेर २७०२.६५ को बिन्दुमा सीमित भएको छ।

कर बक्यौता बर्सेनि बढ्दो: २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको २३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ।

डोटी दुर्घटना: क्षतिपूर्ति माग्दै केआईसिंह राजमार्ग अवरुद्ध

दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन्।

३ महिनामा भित्रियो ४ खर्ब विप्रेषण

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ।

१७ क्विन्टल गाँजासहित एक जना पक्राउ

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो । 

भक्तपुर क्यान्सर अस्पतालले शुरू गर्‍यो १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

सरकारले भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो। 

मालढुंगा–बेनी सडक मंसिर ११ सम्म दैनिक ६ घण्टा बन्द

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न सडक बन्द गर्न लागिएको हो।

गलकोटका सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द

पालिकाका सबै बस्तीमा सडक पुगेपछि गलकोट नगरपालिकाले नयाँ ट्र्याक खोल्न बन्द गरेर फराकिलो र स्तरीय बनाउन थालेको छ।

असोजको बाढिपहिरो: ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नक्कली फेसबुक आईडी बनाइ २७ लाख ठगेको आरोपमा १ जना पक्राउ

नक्कली फेसबुक आईडीको प्रयोग गरी २७ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।