AnonymousUser

Logout

बहुदरमाई नगरपालिका: तलबभत्ता रोकियो, विकास निर्माण ठप्प

नगरपालिकाको खाता सञ्चालन नहुँदा विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ। 

चिसो बढेसँगै बेँसी झर्न थाले भेडाका बथान

चिसो मौसम शुरू भएसँगै चरनमा समस्या आउन थालेपछि लमजुङका घुम्ती गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन्। 

सम्मान र पुरस्कारले उत्साहित पूजा

शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित घरमा पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

छलफलमा सहभागी एअरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए।

भारतका स्थल सेनाध्यक्ष काठमाडौँमा

उनलाई बिहीबार एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई सहयोग गरेको भन्दै ईयू र अमेरिकाद्वारा विरोध

भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक शुरू भएसँगै ईयूका देश र अमेरिकाले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्।

थानेश्वर आचार्यलाई पटक–पटक उन्मुक्ति

यौन दुर्व्यवहार र अनुशासन उल्लंघनमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले पटक-पटक उन्मुक्ति पाएका छन्। पछिल्लो पटक प्रशासकीय अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर गरे पनि कारबाही बदर गरिदिएको छ।

हवाई इन्धन डिपो स्थानान्तरणको डीपीआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ।

जनकपुरमा छात्रवृत्तिका विद्यार्थीसँग असुली, फिर्ताको निर्देशनपछि विद्यालय बन्द घोषणा

निजी विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि रकम असुलेपछि जनकपुरधाम उपमहानगरले त्यसलाई रोक्न पत्र पठाएको विरोधमा पठनपाठन बन्द गरेका कारण यहाँका करिब ३५ हजार विद्यार्थी तीन दिनदेखि घरैमा छन्।

चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत‍्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ। 

९ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २,७११.७५ बिन्दुमा कायम भएको छ।

इजरायल–हमास युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरूपमा संयुक्त राष्ट्रसंघ जस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ।

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो।

‘सहारा ठानेका छोरा अघि लागे, सरकारले टहराको लायक पनि ठानेन’

कान्छो गणेश विदेश जाने तयारीमा थिए, सोती घटनामा हत्या भयो। जेठो छोराले पनि संसार छाडे। रोगी राधिका र पदम काम गर्न सक्दैनन्। भूकम्पपछि पीडितले टहरा पाए, उनीहरूका लागि सरकार आफ्नो भएन।

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

हवाई मार्गबाट ठूलो संख्यामा विदेशी पर्यटक भित्रिने आशमा रहेका पोखराका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन्।

पेरुलाई हराउँदै अर्जेन्टिना विश्वकपमा छनोट

दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सन् २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेको हो। 

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

रामपुर नगरपालिकाका किसान तरकारीको व्यावसायिक खेतीमा लागेका छन्। झुसिल्किराको प्रकोप फैलिएपछि भने उनीहरू चिन्तित बनेका छन्।

शान्ति सम्झौताको १८ वर्ष: न्यायको प्रतीक्षामा पीडित

पीडितले पूर्ण रूपमा न्याय पाएको अनुभूति हुने गरी संक्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्बद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ।