AnonymousUser

Logout

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत

हमासले यस साताको अन्त्यसम्ममा जीवित रहेका सबै २० जना बन्दीलाई मुक्त गर्ने योजना बनाएको छ। इजरायली सेनाले गाजाबाट फिर्ता हुने प्रक्रिया शुरू गर्नेछ।

टी२० विश्वकप छनोट: नेपालसँग कुवेत पराजित

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आज विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिएकी छन्।

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा

नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।

विपिन जोशीको नयाँ तस्वीर सार्वजनिक

इजरायली गुप्तचर एकाइले प्राप्त गरेको एउटा भिडियोमा विपिन जोशी पनि देखिएका छन्। यो तस्वीर त्यही भिडियोबाट लिइएको हो र उक्त भिडियो बुधबार राति सार्वजनिक गरिनेछ।

जथाभाबी ड्रोन प्रयोग हवाई र समग्र सुरक्षामा चुनौती बन्दै, कसरी हुँदैछ नियमन?

भिडियो र तस्वीर खिच्न मात्र होइन, अरु कैयौँ काममा भइरहेको ड्रोनको जथाभाबी प्रयोग सुरक्षामा ठूलै चुनौती बन्न थालेको छ। कस्तो छ अवस्था, कसरी भइरहेको छ ड्रोनको नियमन?

लिचीबारी जग्गा प्रकरणमा २ पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो।

४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

आज १३ वटै उपसमूह घटेका छन्, जसमा सबैभन्दा धेरै वित्त ३.०९ प्रतिशत र होटल–पर्यटन ३.०३ प्रतिशतले घटेका छन्।

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ।

ऐतिहासिक व्यापार सम्झाैतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

उनीसँग आएको १२५ सदस्यीय प्रतिनिधिमण्डलमा ब्रिटिस एअरवेजका सीईओ सीन डोयललगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन्।

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ।

दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा

झुलेको पातले र सिमबारी क्षेत्रका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा छन्। उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।

सगरमाथा नजिकै तिब्बततर्फ फसेका एक हजार पर्वतारोहीको उद्धार

उद्धारपछि ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू बस्तीमा फर्किएका छन्।

मलेसियासँगको टी२० आई सिरिज नेपाललाई

बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो। सिरिजका पाँचमध्ये नेपालले तीन खेल जितेको छ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

यस वर्षको मनसुनजन्य विपद्‌बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। यस राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

बागलुङको निसीखोला–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे–१ रुपगासम्मको १३ किलोमिटर २०७३ जेठमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको छ।

मनसुन क्रमशः कमजोर हुँदै

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकीमा पश्चिमी वायुको प्रभाव रहे पनि बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बालबालिकाका लागि खोकीको औषधि प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह

विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

सडक निर्माण शुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक झनै अस्तव्यस्त बनेको छ।

ताप्लेजुङको सिदिंवामा बोलेरो दुर्घटना, एकको मृत्यु

ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।