यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको बताएका छन्।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको बताएका छन्।
यसअघि, इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो हवाई रक्षा प्रणालीले यमनबाट आफ्नो सीमातर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको बताएको थियो। केही मिनेटपछि, इजरायली सेनाले त्यहाँका नागरिकलाई आश्रय छोड्न सुरक्षित रहेको घोषणा गरेको थियो।
गत हप्तामा इजरायलमा हुथी विद्रोहीहरूले गरेका धेरै आक्रमणहरूपछि इजरायलले आफ्ना नागरिकलाई आश्रय नछोड्न भनेको थियो।
हुथी विद्रोहीहरूले मार्च २८ मा इजरायल विरुद्ध धेरै क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए। इरानसँग अमेरिका-इजरायल युद्ध शुरू भएपछि हुथी विद्रोहीहरूको यो पहिलो आक्रमण थियो। हुथी विद्रोहीले लाल सागरमा पनि आक्रमण गर्ने धम्की दिदै आएका छन्। यो व्यापारिक मार्ग पनि हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झाैताको नजिक पुगेको भन्दै आए पनि घटनाक्रमले अवस्था झन् तनावग्रस्त रहेको देखाएको छ। शनिबार ट्रम्पले इरानलाई सम्झौतामा पुग्न वा होर्मुजको जलडमरू खोल्न १० दिनको समय दिएको र उक्त समय सकिँदै गएको बताएका थिए। अबको ४८ घण्टामा सम्झाैता नगरे इरानमाथि ठूलो आक्रमण गर्ने उनको भनाइ थियो।
ट्रम्पले शनिबार भनेका थिए, "मैले इरानलाई सम्झौतामा पुग्न वा होर्मुजको जलडमरू खोल्न १० दिनको समय दिएको छु। समय सकिँदैछ। हामीसँग उनीहरूमाथि हाम्रो क्रोध पोख्न ४८ घण्टा मात्र बाँकी छ।"
इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको कडा प्रतिक्रिया जनाएको छ।
बीबीसी फारसी सेवाका अनुसार ट्रम्पको टिप्पणीमाथि खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीबाट एक विज्ञप्ति आएको छ।
"अमेरिकी आक्रमणको घटनामा, हामी उनीहरूको आतंकवादी सेनासँग सम्बन्धित सबै पूर्वाधार र यहूदी शासनसँग सम्बन्धित पूर्वाधारमा निरन्तर आक्रमण गर्नेछौं," विज्ञप्तिमा भनिएको छ, "हामीमाथि थोपरिएको यो युद्ध शुरू भएदेखि, हामीले भनेका सबै कुराहरू गरेका छौं। यो सन्देशको सरल अर्थ यो हो कि तपाईंको लागि नर्कका ढोकाहरू खुल्नेछन्।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
