AnonymousUser

Logout

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

उद्योगको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।

सप्तरीमा साहुकार देवेन्द्र मिश्रको रजगज: मिटरब्याज असुल्ने, जग्गा पनि हत्याउने

बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।

एम्बुलेन्समा लागुपदार्थ कारोबार, १० ग्राम ब्राउनसुगर बरामद 

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।

श्रीलंकामा आँधीका कारण ४ बालबालिकाको मृत्यु

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

कीर्तिपुरमा ३३ वर्षदेखि प्रमुख चुनावी मुद्दा– खानेपानी, तर सधैँ हाहाकार

तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ गम्भीर

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ। यसले कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य वृद्धि भएको हो।

दिगो आम्दानीको स्रोत बन्यो तरकारीखेती

धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।

च्याम्पियन्स लिग: लिभरपुलसँग हार्‍यो रियल मड्रिड

एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

तराईका केही स्थानमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

केयरगिभरमा छनाेट भएका सबै कामदार लैजान्छाैँ –इजरायली राजदूत

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

दार्चुला–तिंकर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिंकर सडक सामरिक महत्त्व बोकेको सडक हो। तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन सकेको छैन।

५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ

खोटाङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए।

‘कर्पोरेट वार’ चलिरहँदा धितोपत्र बोर्ड छिरेका श्रेष्ठ, प्रथम चासो नयाँ स्टक एक्सचेन्ज

अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्दा ११ महिनासम्म धितोपत्र बोर्ड नेतृत्वविहीन भयो। यहीबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया पनि विवादित भयो। विवादबीच नै श्रेष्ठ बोर्ड अध्यक्ष भएका छन्।

स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ को आयोजना गर्दै 

आगामी पुस ११ र १२ गते काठमाडौँमा सम्मेलन आयोजना गरिने मन्त्रालयले जनाएको छ।

‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ।

झन्डै ४० अंकले बढेर २ हजार ७५६ को विन्दुमा पुग्यो नेप्से

१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

रास्वपा सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा प्रमाण पेस गर्न सर्वोच्चको आदेश

अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिने र आन्दोलन गरेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले
अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।