३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि नेपालमा पनि शुरू भएको छ।
टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।
युद्धविराममा मध्यस्थताको भूमिका निर्वाह गरेका वार्ताकारहरूले नयाँ आक्रमणले युद्धलाई रोक्नुको साटो झन् चर्काउने बताएका छन्।
उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहान तुसारो पर्ने र दिउँसो सिरेटो चल्दा विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ। लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे।
काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।
युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय, कानून मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेश गरेको छ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने संगठित मानवतस्करी प्रकरणको कोपभाजनमा परेको पन्थी कार्यदलको प्रतिवेदन गृहमा थन्किँदा शरणार्थी समस्याको दिगो समाधान नै अवरुद्ध छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एनडेकको निर्णयमा विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ।
मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडा अध्यक्ष सोनाम गुरुङको भनाइ छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?
विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।