AnonymousUser

Logout

इजरायल र हिजबुल्लाहबीच लागू भयो युद्धविराम

यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।

बाढीपहिरोको २ महिना: सुरक्षित बासस्थानको माग गर्दै पीडित

बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सुरक्षित बासस्थानसहितका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

मानवतस्करले ‘तल्लो बाटो’को रुट बनाएपछि इथियोपियाले बन्द गर्‍यो नेपालीलाई भिसा

पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजार हाराहारी हुन्थ्यो। ‘तल्लो बाटो’ अमेरिका हिँडेका नेपाली त्यहाँबाट दक्षिण अमेरिका पुग्थे, तर अहिले इथियोपियाले भिसा दिनै रोकेको छ।

युक्रेन संकटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रुसी विदेशमन्त्री 

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणले युद्ध झन् बढाउने र यसको राजनीतिक र कूटनीतिक समाधान तत्काल सम्भव नरहेको विदेशमन्त्री सर्गेई लावरोभको भनाइ छ।

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कागबेनी र सेल्फीडाँडाको सुन्दरता [तस्वीरहरू]

पृथक् भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले मुस्ताङमा विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्।

विदेशबाट फर्किएर च्याउखेती, मासिक लाखभन्दा बढी आम्दानी

‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न।’

च्याम्पियन्स लिगको शीर्षमा उक्लियो इन्टर, म्यानचेस्टर सिटी रोकियो

म्यानचेस्टर सिटीले फायनउडसँग ३ गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो।

८ वर्षमा पनि बनेन सप्तरीको नर्घो–फकिरा जोड्ने पुल

ठेकेदारले २०७५ जेठभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेका थिए। त्यसयता पाँच पटक म्याद थपिएको छ। अन्तिम पटक थप गरिएको म्याद पनि कात्तिक ९ गते सकिएको छ। 

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

तराईका केही तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

ट्रम्पको शुल्क वृद्धिका लागि तयार रहन ईयूलाई जर्मनीको आग्रह  

मेक्सिको, क्यानडा र चीनबाट आउने सामानमा शुल्क बढाउने ट्रम्पको घोषणापछि जर्मनीका अर्थमन्त्रीले युरोपेली संघ पनि यस्तै अवस्थाको सामना गर्न तयार रहनुपर्ने बताएका छन्।

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा विशेष बिदा या अन्य वैकल्पिक उपाय अपनाइ कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

कांग्रेस–एमालेको ‘बलियो’ सरकार: नियमित नियुक्ति र बढुवासमेत गर्न सक्दैन

संसद्‍मा झन्डै दुई तिहाइ बहुमतप्राप्त कांग्रेस र एमालेसहितको बलियो ठानिएको सरकार नियमित नियुक्ति र बढुवाका कामसमेत गर्न सकिरहेको छैन। यसपछाडि जोडिन्छ, भागबन्डा र ‘आफ्ना’लाई च्याप्ने स्वार्थ।

विद्युतीय हाजिरी अनिवार्य गर्न संघीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको परिपत्र

सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि मन्त्रालयले विद्युतीय हाजिरीमार्फत ‘रेकर्ड’ राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ।

दुर्गमका ५०० घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने

‘गाउँ उज्यालो बनाऊँ’ परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट :नेपालको दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

दृष्टिविहीन टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।

पाकिस्तानमा इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा ६ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामबादमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको आन्दोलनका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।

सुनको मूल्य घटेसँगै बढ्यो सुनको माग

सोमबार र मंगलबार काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीडसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।

मेचीनगरले हटाउन थाल्यो धुलाबारीमा अतिक्रमण गरी बनाइएका संरचना

मेचीनगर नगरपालिकाले वडा नम्बर ९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन थालेको छ।