फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।
बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध दुई वटा मुद्दा दायर गरेको चौधरी ग्रुपले अचानक मुद्दा फिर्ता लिएसँगै यसबारे जारी प्रहरी अनुसन्धान प्रभावित हुने आशंका बढेको छ।
सहकारीपीडितले सरकारले समस्या समाधानभन्दा पनि सहकारी ठगीमा संलग्नलाई बचाउने उद्देश्यसाथ सहकारी अध्यादेश ल्याएको आरोप लगाएका छन्।
भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।
मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।
चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।
बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।
भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।
पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा मापन गरिएको छ।
भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताएका छन्।
बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघको फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
फैसलामा व्यक्तिगत सूचनामा अनधिकृत पहुँचले व्यक्तिको गोपनीयताको हक, वैयक्तिक स्वतन्त्रताको हक, सम्मानपूर्वक बाँच्न पाउनेकजस्ता मौलिक हकसम्बन्धी संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन हुने उल्लेख छ।
यातायात व्यवस्था विभागले राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर ३.३० प्रतिशतसम्म बढाएको छ।
सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।
जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।