नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच घरेलु मैदानमा हुने महिला टी२० शृंखलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।
स्वीकृत निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए/नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए।
हिउँदमा हुस्सु र कुहिरो पनि सवारी दुर्घटनाको कारण बनिरहेको छ। वर्षायाममा बाढी, पहिरोका कारण ठूला दुर्घटना भएका छन्। गत असोजमा पहिरोले बससमेत बगायो। के मौसमका कारण हुने दुर्घटना घटाउन सकिन्छ?
एड्भाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपाय समावेश गरिएका छन्।
आइतबार नेप्से परिसूचक १० अंकले घटेर २६४३ को विन्दुमा कायम भएको छ।
चुरोट पिउने मानिसमा हृदयाघातको सम्भावना बढी हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्। अहिले युवा अवस्थामै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटना पनि बढिरहेका छन्।
संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।
जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ।
चेल्सीलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ। खेलमा अग्रता भने तेस्रो मिनेटमा नोनी माडुकेको गोलमा चेल्सीले लिएको थियो।
बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्।
रियलका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो। उनले यस सिजन सबै प्रतियोगितामा रियलका लागि २२ गोल गरिसकेका छन्।
बागमती र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढीमा धान बिक्री गरेका छन्।
मोरङको रंगेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरीका निम्नवर्गका परिवारले खाना पकाउने दाउराका रूपमा गुइँठा प्रयोग गर्ने गर्छन्। गुइँठा बाल्दा निस्किएको धुवाँले स्वास्थ्यमा समस्या निम्तिने गरेको छ।
ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ।
शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारीबालीमा डडुवा रोगको संक्रमण देखिएको छ। रोगको संक्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पुर्याउन थालेको स्थानीय किसानको भनाइ छ।
गोरखामा रूखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ।
गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले बन्धक बनाएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ।
विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।