AnonymousUser

Logout

नेप्से परिसूचक ८ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ। 

चारदेशीय टी२० शृंखलाको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल चारदेशीय टी२०आई शृंखलाको उपविजेतामा सीमित भएको छ।

मधेश प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन्।

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य 

टस हारेर ब्याटिङमा उत्रिएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो। कुवेतका ओपनर राभिजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए। 

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।  

आवश्यकता, सोख र फाइनान्स सुविधाले बढायो स्मार्ट फोनको बजार, एक वर्षमा कति रकम बाहिरिन्छ?

नेपालमा स्मार्ट फोन न बन्छ, न एसेम्बल हुन्छ। पछिल्लो समय टिकटक, रिलजस्ता भिडियो बनाउन पनि महँगा मोबाइलको खोजी हुन्छ। यो वर्ष अहिलेसम्म गत वर्षको तुलनामा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन आयात भएको छ।

तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

२०८१ सालमा विपद्: ८ हजार घटना, ७४५ जनाको मृत्यु

२०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्यांकअनुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन्। त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएका छन्। 

पूर्वप्रहरी महानिरीक्षक प्रदीपशसशेर राणाको निधन

२०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका राणाको ७८ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

भोजपुरमा ट्याक्टर दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु

दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको छ।

अभिषेकको शतकमा हैदराबाद विजयी

अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १४१ रन बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्का प्रहार गरेका थिए।

बैतडीमा असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएको छ।

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

मकालु बेसक्याम्प जाने क्रममा लेक लागेर एक जना चिकित्सकको मृत्यु भएको छ।

सडकमा शिक्षक: सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।

वीरगन्जमा जिल्ला प्रशासनले लगायो कर्फ्यु

दुई पक्षबीचको झडपका कारण छपकैया क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन कर्फ्युको आदेश जारी गरे‍को छ।

बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँको बबरमहलमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शोभायात्राका क्रममा वीरगन्जमा दुई पक्षबीच झडप

हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको छ।

एनएसएलः बराबरी खेल्दै झापा र पोखराले अंक बाँडे

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

​​​​​​​कर्णालीमा बर्सेनि बग्छन् करोडौँका काठ, कानूनी जटिलताले संकलनमा समस्या

करोडौँ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ। कतिपय रूख नदीमा गाडिएका, अड्किएका तथा डुबेका छन्। बाढीसँगै बगेर जानेबाहेक अड्किएका काठ संकलन गर्दा मात्र पनि करोडौँ आम्दानी हुने सरोकारवालाको भनाइ छ।