AnonymousUser

Logout

प्रतिलिटर ३ रुपैयाँका दरले घट्यो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाउने निर्णय गरेको छ।

टोखामा ट्रकबाट बरामद २५ करोड प्रकरणमा २ जनाविरुद्ध मुद्दा

काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

इन्स्पेक्टरदेखि एआईजीसम्म सरुवा हुन हानथाप भइरहने यी ठाउँः जोडबल भने शक्तिकेन्द्रको

प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्मले सरुवाका लागि अत्यधिक चलखेल गर्ने ‘आकर्षक पोस्टिङ’का सीमित ठाउँ छन्। ‘कमाइ हुने’ ठाउँका रूपमा समेत चिनिने ती ठाउँमा सरुवा हुन भने शक्तिकेन्द्र नै निर्णायक बन्छन्।

गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद हटाएर जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

पोखरा महानगरको स्वास्थ्य महाशाखामा तालाबन्दी

उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।

​सिंगापुरको संसद् विघटन, मे ३ मा आमनिर्वाचन

सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।

नेप्से परिसूचक २७ अंकले बढ्यो, साढे ८ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको छ भने आठ अर्बमाथि शेयर कारोबार भएको छ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो।

संघलाई जीडीपीको ५ र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ। चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ।

मंगलबार घट्यो सुनचाँदीको मूल्य

छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

श्रम अदालत नहुँदा समस्यामा बारा–पर्सा औद्योगिक करिडोरका श्रमिक

मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

संखुवासभामा चट्याङ लागेर ४ जना घाइते

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यस योजनामा सहभागी हुन पाउने छन्।

सुनसरीमा गोली लागेर २ जना घाइते, १ को अवस्था गम्भीर

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

रुससँग सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि आफ्नो देश भ्रमण गर्न आग्रह गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जले थाल्यो जंगल सफारी

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिन्छ।

जाजरकोट भूकम्प: ३४ हजार निजी आवासको क्षति आकलन

राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आकलन गरी विवरण प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ। 

जनक शिक्षाले प्रादेशिक कार्यालयबाट बेच्यो ८ करोड बराबरको किताब

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र शुरू हुनुअगावै आठ करोड रुपैयाँ बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।

तमानखोला गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटनामा ११ जना घाइते, २ को अवस्था गम्भीर

बागलुङको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।