AnonymousUser

Logout

नेपालसँग कुवेत ६ विकेटले पराजित

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ तथा आशिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए।  

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।  

कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो। 

बझाङमा चट्याङ लागेर एकको मृत्यु

वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ। 

टी२० आई सिरिजः कुवेतविरुद्ध नेपाल फिल्डिङमा

पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। 

काठमाडौँ उपत्यकामा वर्षा, तुवाँलो क्रमिक रूपमा हट्ने

दिउँसो कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।

आठ महिनामा साढे १० खर्ब विप्रेषण

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ।

रोजगारोन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी

श्रम मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मुद्रास्फीति ३.७५ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ।

बाल सुधारगृहमा उदण्ड वयस्क: लागुऔषध पर्खाल नाघ्छ, सुरक्षाकर्मीलाई कानूनले छेक्छ

बाल सुधारगृहका वयस्कलाई तोकिएको बाँकी अवधि कारागारमा राख्ने कानूनको मस्यौदा सरकारले मन्त्रिपरिषद्‍मै अड्काएको छ। सुधारगृहका बालबालिका भने यिनै वयस्कका कारण हुने झडपबाट जोखिममा छन्।

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा १०० भन्दा धेरै मानिसको मृत्यु

राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्।

झापामा चट्याङ लागेर १ जनाको मृत्यु

झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ।

सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज ९.६६ अंक बढेर २,६७६.२८ विन्दुमा पुगेको छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग

सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन्।

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण

अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। 

उत्तरी चीनको एक नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति आगलागी भएको हो।

केएसएलको दुर्व्यवहार घटना: भएन छानबिन, महिला आयोग भन्छ– उजुरी आउनुपर्छ

केएसएलका कार्यकारी निर्देशक डा. संग्रौलामाथि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपमाथि एक महिनासम्म छानबिन अघि बढेको छैन। अभिभावकमाथि समेत दबाब आइरहँदा महिला आयोग भने उजुरी पर्खिरहेको छ। 

कतारमाथि नेपालको ८ विकेटको जित

नेपालका कुशल भुर्तेलले सर्वाधिक ३८ तथा आसिफ शेखले ३३ रन बनाए। कप्तान रोहित पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे।

नारायणगढ–बुटवल सडक विस्तार: दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।