प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो।
भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?
समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समस्याका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो।
आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’
अख्तियारले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गरेको ऋण प्रवाहका सम्बन्धमा १२ वटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा विशेषको फैसला कानूनसम्मत नभएको भन्दै पुनरावेदन गरेको हो।
चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।
अहिलेको वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न तथा डढेलो रोक्न मद्दत गरेको छ। तराईंका केही भागमा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ।
प्रहरीका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पूजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो।
वि.स.२०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न बनेको विधेयकमाथि मन्त्रालयले सुझाव संकलन गरिरहेको छ।
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ।
सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको छ।
युद्धले क्षतविक्षत गाजा विश्वविद्यालय विस्थापित प्यालेस्टिनीका लागि आश्रयस्थल बनेको छ भने पुस्तकालयका किताब खाना पकाउने इन्धन बनेका छन्।
हिमपातका कारण लार्केपास हिँडेका पर्यटक बीचबाटोमै रोकिएका छन्। लार्केपास पदमार्ग पूरै हिउँले ढाकिएको छ।
कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र भारी ५ हजार ५२ मतसहित अध्यक्षमा विजयी हुँदा विपक्षी गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत पाए।
वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।