AnonymousUser

Logout

हावाहुरीबाट उत्तर चीन प्रभावित, सयौँ हवाई उडान रद्द

हावाहुरीका कारण उत्तर चीनमा हवाई उडान तथा रेल सेवा प्रभावित भएको छ भने समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।

चारदेशीय टी२० शृंखलाको फाइनलमा पुग्यो नेपाल

अंकका आधारमा नेपाल हङकङमा जारी चारदेशीय टी२० शृंखलाको फाइनलमा पुगेको छ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ३२ जनाको मृत्यु

मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घटनापछि नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ।

वर्ष २०८१ मा नेपाल: यी हुन् प्रमुख घटना

कांग्रेस र एमालेको सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, रवि लामिछानेको पक्राउ र कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने।

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

देशका विभिन्न भूभागमा बिहानैदेखि हल्का वर्षा

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सहज बन्दैछ मुग्लिन–पोखरा सडक [तस्वीरहरू]

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।

महिला विश्वकप एशिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एशिया छनोट क्रिकेटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाइएको छ। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

हतियार सफा गर्ने क्रममा गोली लागेर सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत एक सैनिकको हतियार सफा गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विसु पर्व मनाउन घर फर्कँदै नेपाली

सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन्।

व्यापार सहजीकरण वार्ता: नेपालमा जारी उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति

व्यापार सहजीकरण वार्तामा नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। 

महोत्तरीको बलवान–११ मा भेटिए क्षयरोगका २५ संक्रमित

बलवान नगरपालिकाको वडा नं ११, धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उच्चस्तरीय आयोगको प्रतिवेदन : आममानिस भूकम्प र नाकाबन्दीका बेलाभन्दा बढी निराश

प्रतिवेदनमा चुनावी खर्च धान्न, नेताको खर्चिलो जीवनशैली थेग्न सहकारी प्रयोग भएको उल्लेख छ। अर्थतन्त्रको आमूल संरचनात्मक परिवर्तनबिना दीर्घकालीन औसत वृद्धिदर हासिल चुनौतीपूर्ण देखिएको आयोगले औँल्याएको छ

बिहारमा असिनापानीका कारण २५ जनाको मृत्यु

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेही बनाउन सांसदहरूको माग

चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्।

चिनियाँ राष्ट्रपति र स्पेनिस प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।

म्याग्दीमा अस्पताल भवन अलपत्र

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।